
वाईवा टेक लामा, अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाको साउदर्न च्याप्टर अमेरिकाले विभिन्न पेसा र व्यवसायमा रहेका नेपाली दाजुभाईलाई आफ्नो जन्मभूमिप्रति अभिप्रेरित गर्ने उद्देश्य अनुरुप वनभोज गरेर ठूलो जमघट गराउने भएका छन ।
कर्मभूमि अमेरिकामा नेपालीहरूको एउटै साझा साँगठन नेपाली जनसम्पर्क समिति, अमेरिका नेजस, साउदर्न च्याप्टरले लस–एन्जल्सको स्थानीय आर्टेसिया पार्कमा भव्य कार्यक्रमको आयोजना गर्ने बिबिध सांस्कृतिक मनोरन्जन सहित सामाजिक एकता, आपसी सद्भाव, बन्धुत्व र भाईचाराको सम्बन्ध स्थापित गर्दै विभिन्न संस्थाहरूको सहभागितामा हातेमालो गरेर बृहत् वनभोज कार्यक्रम सफल बनाउने नेजस साउदर्न च्याप्टरका अध्यक्ष मदन पाठकले बताए ।
विशुद्ध सामाजिक सेवा र सामुदायिक हितका लागि सदैव अग्रसर रहदै यो च्याप्टरले विगतका वर्षहरु झै यो वर्ष कार्यक्रमलाई निरंतरता दिदै आएको छ ।
एकताको लागि नेपालिज अमेरिकनहरुको सामुदायिक उपस्थितिमा भन्दा अग्रस्थानमा रहेकोले वनभोज कार्यक्रमहरुलाई सदैव निरन्तरता दिन सबैको साथको उत्तिकै आवश्यकता रहेको बताए ।
यस्ता कार्यक्रमले साउदर्न क्यालिफोर्निया नेपाली सामुदायिक सदस्यहरु विचको एकताको सम्बन्ध अझै प्रभावकारी बनाउन सफल रहेकोले सहकार्यलाई ‘सामुदायिक विकास र हितको लागि सबै एक’ हुनुपर्नेमा जोड दिएका थिए । यो निःशुल्क वनभोज कार्यक्रममा यहास्थित नेपालीहरुको उल्लेख्यनिय उपस्थिति रहने बताएका थिए ।
जनसम्पर्क समिति साउदर्न क्यालिफोर्नियाका अध्यक्ष मदन पाठकका अनुसार उक्त कार्यक्रममा अमेरिकाको विभिन्न राज्यहरूमा रहेका नेपालीहरुको हजÞारौको संख्यामा उल्लेख्य सहभागिता रहने जानकारी दिए ।
वनभोज कार्यक्रमका संयोजक तथा जनसम्पर्क समिति अमेरिकाका संयोजक लोकनाथ तिमिल्सिनाले जनसंपर्क समितिको स्थापना चार दशक अघि नेपाली राजनीतिका महामानव विशेश्वर प्रसाद कोइराला प्रथम निर्वाचित प्रधानमन्त्री भएको बेला भएको बताए ।
उक्त वनभोज कार्यक्रम समिति विभागका प्रमुख कार्यक्रम संयोजक लोकनाथ तिम्सिना, आर्थिक संयोजक अग्नि चौलागाईं, खाद्य संयोजक डिल्ली थापा र उपेन्द्र सापकोटा, खेलकूद संयोजक उत्तमजंग थापा र विवेक श्रेष्ठले जनसम्पर्क समिति अमेरिकाको पूर्व तयारीको निम्ति समितिले कम गरिरहेको बताए ।