Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

वरियतामा पूर्णबहादुरभन्दा नारायणकाजी तल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसको तर्फबाट नेतृत्व गरेका पार्टी उपसभापति पूर्णबहादुर खड्काले दोस्रो वरियता पाएका छन् । शुक्रबार भएको मन्त्रिपरिषद् पुनर्गठनमा उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारी पाएका खड्का दोस्रो वरियतासहित सरकारमा सहभागि भएका हुन् ।

पुस १० मा नै मन्त्रीमा नियुक्त माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ वरियतामा तेस्रो भएका छन् । उपप्रधानसहित भौतिक पूर्वाधारको जिम्मेवारी पाएका श्रेष्ठलाई प्रचण्डले उपप्रधानसहित गृहमा तान्दै तेस्रो वरियतामा राखेका हुन् ।

श्रेष्ठपछिको वरियतामा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल छन् । प्रचण्ड नेतृत्वको सरकारमा भुसालले कृषि मन्त्रीको जिम्मेवारी पाएका छन् ।

पार्टीगत हैसियतले एकीकृत समाजवादीभन्दा जसपा ठूलो भएपनि जसपाका अध्यक्ष अशोक राईलाई भने मन्त्रिपरिषद्मा वरियतामा बेदुरामभन्दा तल राखिएको छ । शिक्षामन्त्रीको जिम्मेवारी पाएका राई मन्त्रीपरिषद्मा पाँचौ वरियतामा छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको