back

नुवाकोटमा टाटासुमो दुर्घटनामा तीनको मृत्यु

वि.सं.२०७९ चैत १८ शनिवार

357 

shares
NTC AD

त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौँमा उपचार भइरहेको छ ।

बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडाँै जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा गए राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार काठमाडौँको ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो । घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो । घाइते दशमध्ये तीन जनाको अवस्था गम्भीर छ । रासस

वि.सं.२०७९ चैत १८ शनिवार ०८:३२ मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

नवलपरासी दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु

नवलपरासी दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...