Logo
२२ श्रावण २०७९, आईतवार
     Sun Aug 7 2022
E-paper
  English Edition
   Unicode
Logo

पौडी खेल्ने क्रममा युवकको डुबेर मृत्यु



३० चैत  गाईघाट (उदयपुर)। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ११ सङ्गम टोलका एक युवकको भोलि ३ः०० बजे स्थानीय चप्पन खोलामा पौडी खेल्ने क्रममा दहमा डुबेर मृत्यु भएको छ ।
चप्पन खोलामा पौडी खेल्दा मृत्यु हुने युवा गाईघाट सङ्गमटोल बस्ने १९ वर्षीय सुमन भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

भट्टराई गर्मी भएका कारण साथीसँग पौडी खेल्न खोलामा गएर दहमा प्रवेश गरेका थिए । पौडी खेल्न नजान्ने भट्टराई दहमा डुबेर बेहोस भएका थिए । दहबाट साथीले निकालेर अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

उनको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको प्रहरीले छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ३ सय

काठमाडौं । डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीको

काठमाडौं । आम निर्वाचनको मिति घोषणा भएसँगै पाँच दलीय सत्ता गठबन्धनका नेताहरु तालमेलको गृहकार्यमा