काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपनिर्वाचनका लागि तीनवटै क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।
बैशाख १० गते चितवन, बारा र तनहुँमा हुने उपनिर्वाचनका लागि राप्रपाले उम्मेदवारको टुंगो लगाएको पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
उक्त पार्टीको आज बसेको संसदीय बोर्डको बैठकले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीबलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरिएको हो ।
वि.सं.२०७९ चैत १९ आइतवार १५:१४ मा प्रकाशित