काठमाडौं । महालक्ष्मी विकास बैंकले रेष्टुरेन्ट तथा श्रृंगारका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरूले काठमाडौँको बुढानिलकण्ठमा अवस्थित मेराकी होलिस्टिक वेलनेस रिट्रिटका सेवाहरूमा अधिकतम १० प्रतिशत, बुटवल उपमहानगरपालिकास्थित अमरपथमा अवस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीका सेवाहरूमा अधिकतम २० प्रतिशत र टंगालस्थित छोटु युनिसेक्स सैलुनका सेवाहरूमा २० प्रतिशत को छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
वि.सं.२०७९ चैत २२ बुधवार १२:०१ मा प्रकाशित