back

कोठामा सुतिरहेकी निलुमाथि अज्ञात समुहद्धारा गोली प्रहार

वि.सं.२०७३ चैत ३० बुधवार

147 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

३० चैत, पर्सा । वीरगन्जमा मंगलबार  बिहान अज्ञात व्यक्तिले चलाएको गोली लागी एक महिला गम्भीर घाइते भएकी छिन् ।

वीरगन्ज उपमहानगरपालिका– १४ पिपरा निवासी वीरेन्द्र पटेलकी २३ वर्षीय श्रीमती निलु पटेल अपरिचित व्याक्तिको गोली प्रहारबाट गम्भीर घाइते भएकी हुन् ।

कोठामा श्रीमान्सँगै सुतिरहेका बेला अज्ञात व्यक्तिले चलाएको गोली लागी निलु घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिहान १ बजेदेखि २ बजेकोबीचमा गोली लागी घाइते भएकी निलुको पहिले वीरगन्जकै गण्डकस्थित वीरगन्ज हेल्थकेया हस्पिटलमा उपचारका लागि भर्ना गरिए पनि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि थप उपचारका लागि वीरगञ्जकै नेशनल मेडिकल शिक्षण अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

देब्रे कन्चटमा गोली लागेकी निलुको स्वास्थ्य अवस्था गम्भीर भएकाले उनलाई शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरी उपचार भइरहेको प्रवक्ता जोशीले बताउनुभयो ।

उक्त घटनाबारे निलुको श्रीमान् तथा ससुराली पक्षसँग सोधपुछ भइरहको प्रहरीले जनाएको छ । श्रीमान्लाई हाल प्रहरी निगरानीमा राखी आवश्यक अनुसन्धानलाई अगाडि बढाएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिनुभयो ।

घाइते निलुको १८ महिनाको एक छोरा रहेको प्रहरीले जनाएको छ । निलु र उनका श्रीमान्बीच सम्बन्ध राम्रो नभएको र बेलाबेला झै–झगडा हुँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७३ चैत ३० बुधवार ०३:५६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

काठमाडौँ । गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना...

देशभर अझै केही दिन वर्षा जारी रहने

देशभर अझै केही दिन वर्षा जारी रहने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा...