Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

रुकुममा एक लाख मतदाता, महिला मतदाता बढी



३० चैत, रुकुम । आसन्न स्थानीय तहको निर्वाचनमा यस जिल्लामा एक लाख एक हजार ९३२ मतदाताले मतदान गर्न पाउने भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार तीनवटा नगरपालिका र छवटा गाउँपालिकामा गरी ५१ हजार १५३ महिला र ५० हजार ७७८ पुरुष मतदाताले मतदान गर्न पाउँछन् । यहाँ पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ ।

जिल्ला निर्वाचन कार्यालयबाट एक लाख पाँच हजार ४३० मतदाताको सिफारिस गरेर पठाए पनि आयोगबाट तीन हजार ४९९ जनाको घटाएर अन्तिम नामावली पठाएको जिल्ला निर्वाचन अधिकृत कमलमणि देवकोटाले जानकारी दिनुभयो । विसं २०७० को संविधानसभाको निर्वाचनमा भन्दा १५ हजार ४६० मतदाता यसपटक बढेका छन् । त्यतिबेला ८६ हजार ४६३ मतदाता थिए ।

यहाँको ग्रामीण क्षेत्रमा धेरैले मतदाता सूचीमा आफ्नो नाम भर्न छुटाएका बताइएको छ । कतिपयको पायक पर्ने ठाउँमा मतदान केन्द्र नभएको र कतिपय रोजगारीका सिलसिलामा विदेशमा रहेकाले भोट हाल्नेको सङ्ख्यामा कमी हुनसक्ने अनुमान गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खोटाङ । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको