back

समृद्दिका लागि सहकारीको विकल्प छैन–अध्यक्ष भट्टराई

वि.सं.२०७९ चैत २४ शुक्रवार

417 

shares
NTC AD

काठमाडौं । सहकारी अभियानमा अनेक समस्या देखिए पनि देशको समृद्दिका लागि सहकारीको विकल्प नभएको बताइएको छ ।

अष्ट ज कृषि सहकारीको विशेष साधारण सभालाई सम्बोधन गर्दै अष्ट ज अभियान नेपालका राष्ट्रिय अध्यक्ष लोककृष्ण भट्टराईले सो कुरा बताएका हुन् ।

अष्ट ज अभियानमा आवद्द देशैभरीका कृषक तथा उत्पादकहरुका बीचमा काम गर्ने गरी स्थापित भएको सो सहकारीको विशेष साधारण सभामा समाजवादी आन्दोलनका संयोजक डम्बर खतिवडाले समाजवाद र सहकारीको सम्बन्ध बारे धारणा राखेका थिए । अभियानका वरिष्ठ अभियन्ता रामलाल श्रेष्ठ, उपाध्यक्ष भरत गौतम, हिमान्चल भट्टराई, महासचिव निलकण्ठ तिवारी, फलोरी कल्चर एसोसियसनका महासचिव विश्वमणि पोखरेल वरिष्ठ कृषि बैज्ञानिक खड्ग भक्त पौडेल, समृद्द नेपाल मार्गचित्रका लेखक जगन्नाथ काफ्ले, कृषि उत्पादन तथा बजारीकरण अभियानका संयोजक रमेश तुफान, अर्गानिक अभियन्ता कल्पना तिमिल्सीना, अष्ट ज उपाध्यक्ष चन्द्रकला वास्तोला लगायतले मन्तव्य राखेको सो कार्यक्रमको सभापतित्व सहित अध्यक्षको मन्तव्य रुद्र शर्माले राखेका थिए ।

सचिव प्रकाश नेपालको संचालन र चन्दा थापाको स्वागत रहेको सो कार्यक्रममा कोषाध्यक्ष मोदनाथ दंगाल ‘सतेन्द्र’ द्वारा प्रस्तुत प्रतिवेदन पास गरी सेयर पुँजी वृद्दि गर्ने ठोस निर्णय भएको थियो ।

संस्थाले पूर्वसचिव प्रकाश नेपाल र संचालक हिमान्चलराज भट्टराईको राजीनामा स्विकृत गरी सचिवमा भुपराज भुसाललाई चयन गरेको छ ।

स्मरणीय छ उक्त विशेष साधारण सभाले रुद्र शर्माकै अध्यक्षता रहेको सोहि कार्यसमितिलाई निरन्तरता दिएको छ । कार्यसमितिमा उपाध्यक्ष चन्द्रिका राना, सचिवमा भुपराज भुसाल, कोषाध्यक्षमा मोदनाथ दंगाल सतेन्द्र र सदस्यहरुमा नविना खड्का, कल्पना तिमिल्सीना र मन्जु खड्का रहेका छन् ।

त्यस्तै टिका गौतमको अध्यक्षतामा गठन गरिएको लेखा समिति सदस्यहरुमा तारा बलामी र चन्द्र प्रसाद पौडेल रहेका छन् ।

 

 

 

वि.सं.२०७९ चैत २४ शुक्रवार १३:५१ मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

नवलपरासी दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु

नवलपरासी दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...