back

जब क्यान्सर विजेताहरु ‘र्याम्प शो’ मा उत्रिए…

वि.सं.२०७९ चैत २४ शुक्रवार

360 

shares
NTC AD

काठमाडौं । क्यान्सर जितेकाले ‘तेस्रो क्यान्सर सर्भाइवर र्याम्प शो’ गरेका छन् । नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर सहयोगी समूहको सहकार्यमा क्यान्सरलाई पराजित गरेकाले यहाँ आयोजित कार्यक्रममा र्याम्प शो गरेका हुन् ।

क्यान्सरको उपचारपछि पूर्णतया ठीक हुन्छ र मानिस पहिले जस्तै हुन्छ भन्ने आत्मबल देखाउनका लागि र्याम्प शो गरिएको आयोजकले जनाएको छ । शोमा क्यान्सरलाई आठ पटकसम्म पराजित गर्ने व्यक्तिसहित क्यान्सर जितेका ६० भन्दा बढीको सहभागिता थियो ।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सरको उपचार नेपालमा नै सस्तो, गुणस्तरीय र सुलभ रूपमा हुने गरेको बताए । उनले नेपालमा क्यान्सरको उपचार गर्नका लागि सबैलाई प्रेरणा दिनुपर्ने बताउँदै क्यान्सर उपचार पछि निको हुन्छ भनेर जनचेतना जगाउनुपर्ने धारणा राखेका थिए ।

मिस नेपाल २०२२ प्रियङ्का रानी जोशीले क्यान्सर रोगीलाई सबैले माया गर्नुपर्ने भन्दै क्यान्सर लागे पनि उपचार पछि स्वस्थ्य भएर जीउन सकिने बताइन् । उनले आत्मबल मानिसको सबैभन्दा ठूलो तागत भएकाले आत्मबलले क्यान्सर जित्न सकिने बताइन् । पछिल्लो समय क्यान्सरको उपचारका नेपालमा नै उपलब्ध भएकाले उपचारका लागि अन्य देश जानुपर्ने बाध्यता हटेको उनको भनाइ थियो ।

कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ चिकित्सक, नर्स, क्यान्सर जितेका व्यक्तिलगायतले ¥याम्प शो गर्नाका साथै नृत्य गरी गीत पनि  गाएका थिए ।

 

वि.सं.२०७९ चैत २४ शुक्रवार १६:४७ मा प्रकाशित

ADBL AD
डेङ्गीको सङ्क्रमणबाट थप एक जनाको मृत्यु

डेङ्गीको सङ्क्रमणबाट थप एक जनाको मृत्यु

चितवन । चितवनमा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको...

पर्वत अस्पतालमा पाँच वर्षदेखि भेन्टिलेटर र आइसीयू प्रयोगहीन

पर्वत अस्पतालमा पाँच वर्षदेखि भेन्टिलेटर र आइसीयू प्रयोगहीन

पर्वत । आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका करोडाैँ...

बिदाको दिन पनि बहिरङ्ग सेवा सञ्चालन गर्न ३४ अस्पताललाई निर्देशन

बिदाको दिन पनि बहिरङ्ग सेवा सञ्चालन गर्न ३४ अस्पताललाई निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३४ अस्पताल र स्वास्थ्य...

साउनयता ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण

साउनयता ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण

चितवन । चितवनका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका बिरामीमध्ये...

निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

  जुम्ला । जुम्लामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको...

देशभर ५८ जनामा हैजा सङ्क्रमण

देशभर ५८ जनामा हैजा सङ्क्रमण

काठमाडौँ । नेपालमा हैजा सङ्क्रमितको संख्या ५८ जना पुगेको छ...