back

डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि लिम्बूलाई

वि.सं.२०७९ चैत २५ शनिवार

408 

shares
NTC AD

ताप्लेजुङ । ताप्लेजुङमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन् ।

औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा आज आयोजित उक्त प्रतियोगितामा उनले १३ किलोमिटरको दूरी एक घण्टा चार मिनेट ३१ सेकेण्डमा पूरा गरे ।

प्रतियोगितामा मैवाखोला गाउँपालिकाका प्रकाश लिम्बू दोस्रो भए । उनले निर्धारित दूरी एक घण्टा चार मिनेट ४४ सेकेण्डमा पूरा गरे ।फक्ताङलुङकै छत्रबहादुर कार्की तेस्रो भए । उनले एक घण्टा पाँच मिनेट ३० सेकेण्डमा दूरी पूरा गरे । प्रतियोगितामा एक महिलासहित ३२ जनाले सहभागीता जनाएका थिए ।

फुङलिङस्थित पुरानो बैंकबाट सुकेटार आसपासको सानो पाथीभरा मन्दिरसम्मको १३ किलोमिटरको दूरी सहभागीले १५ किलो बालुवासहितको भारी डोकोमा बोकेर दौडेर पूरा गरेका थिए ।
प्रतियोगितामा पहिलो हुनेलाई रु ३० हजार, दोस्रोलाई रु २० हजार तथा तेस्रो हुनेलाई रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजक घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिए । रासस

वि.सं.२०७९ चैत २५ शनिवार १३:३० मा प्रकाशित

ADBL AD
पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

काठमाडौँ । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित भएपछि...

बिपीको चिन्तन अनुुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा

बिपीको चिन्तन अनुुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता...

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

काठमाडौं । काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने...

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले काठमाडाँै उपत्यकको नदी किनारासम्बन्धी सर्वोच्च...

माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठकमा ७०को सुझाव

माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठकमा ७०को सुझाव

उदयपुर । नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक...

भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

काठमाडौँ । नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका...