साउदीमा कार्यरत दुई नेपालीको मृत्यु भएको छ । स्याङजा घर भइ हाल साउदीमा कार्यरत ज्ञान बहादुर र दिल सोमैको मृत्यु भएको साउदीमा कार्यरत समाजसेवी हुम सुनारी मगले बताएका छन् ।
उनले मंगलबार राति समाजिक संजालमा स्टाटस लेखेका छन् ‘भर्खरै अस्पतालबाट घरमा आइपुगेँ। साउदीको नेपाली समाज नै शोकमा परेको अनुभूत भएको छ, यतिबेला। म नेपालबाट आईपुगेको १२ दिन नबित्दै २ जना भाईहरूको दु:खद निधन भएको छ। स्याङ्गजाको भाई ज्ञानबहादुर बितेको २ दिन मै स्याङ्गजा कै दिल सोमैको पनि आज निधन भयो। मस्तिष्कघातले दिललाई घात गर्यो। चार बर्ष अगाडी साउदी आएका रहेछन्। अस्पताल मै उपचारको क्रममा मृत्यू भएकोले न त साउदीको बीमाले क्षेतिपूर्ति दिने भयो न त नेपाल कै।
सान-साना तीन नानीहरू छन् रे, दिलको। उनीहरूको भविष्यको चिन्ता लागेको छ। ति नानीहरूको अध्ययन कै लागि जे जति सक्नुहुन्छ आर्थिक सहयोग गर्नु होला। मेरो तर्फबाट रू ५,०००।- दिलको सव नेपाल पठाउन आजदेखि नै पहल सुरू भईसकेको छ। ज्ञान र दिलको सव एउटै अस्पतालमा राखिएको छ।
साउदीमा बस्ने नेपाली दाजुभाईहरूलाई अनुरोध। खानपानमा खुबै ध्यान दिनुहोला। उच्च रक्तचापबाट बच्न दैनिक शारीरिक ब्यायाम गर्ने। नून तेल कम खाने। माछामासु कम र हरियो सागसब्जी र गेडागुडी बढी खाने। मादकपदार्थ सेवन नगर्ने। अनिदो नबस्ने र प्रसस्त पानी पिउने गरौँ है। धन्यवाद।’