back

अब आमाकै थरबाट जन्मदर्ता हुने, यस्तो छ नयाँ परिपत्र

वि.सं.२०७९ चैत २७ सोमवार

1K 

shares
NTC AD

२७ चैत, काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नलागेको बच्चाको आमाको थर राखेर जन्मदर्ताको व्यवस्थासहित परिपत्र गरेको छ ।

यसअघि चैत्र २२ को निर्णयमा आधारित परिपत्रमा यस्ता बच्चाको मावलीको थर राखेर जन्मदर्ता गर्न पाउने भनि गरेको व्यवस्थामा आलोचना भएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले चैत्र २३ को परिपत्रलाई सच्याएर नयाँ परिपत्र जारी गरेको हो ।

केन्द्रीय पञ्जिकाधिकारी रजिष्टार समेत रहेका सो बिभागका महानिर्देशक रुद्रप्रसाद पण्डितद्वारा चैत्र २६ गते स्थानीय तहका ६७४३ वडालाई सहजता र एकरुपताका लागि जारी गरिएको नयाँ परिपत्रमा भनिएको छ, ‘एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगाान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने ।’

विभागले जारी गरेको नया परिपत्रका अनुसार विवाहअघि बच्चा जन्माएकी एकल महिलाले पछि विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मँदा आमाको थर राखी हालको स्थायी ठेगानामा जन्मदर्ता गर्न पाइने छ । तर सो बच्चा मावलीमा बसेको भए मावलीकै ठेगानामा जन्मदर्ता गरिदिन भनिएको छ । साथै बच्चाको जन्मदर्ता भइसकेपछि बाबु पत्ता लागेमा पुरानो जन्मदर्ता रद्ध गरी बाबुको ठेगानाबाट वा आमा वा दुवैको थर राखी नयाँ जन्मदर्ता गर्न सकिने विभागको परिपत्रमा उल्लेख छ ।

बिभागको परीपत्रले नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको बच्चाको हकमा कुनै पनि परिवार नभएको प्रमाणित भए कानुन बमोजिमको संरक्षकले दिएको ठेगाना, नाम थर राखी जन्मदर्ता गरिदिन र बाबुआमाको सम्बन्ध विच्छेद भई आमासँग रहने छोराछोरीको जन्मदर्ता बाबुको स्थायी ठेगानामा नभएको भए आमाको स्थायी ठेगानामा जन्म दर्ता हुने ब्यबस्थाकाे प्रष्ट बोलेको छ । यसैगरी कारागारमा जन्मिएका बच्चाका सम्बन्धमा सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको वडा कार्यालयमा बच्चाको जन्मदर्ता गरिदिन पनि भनिएको छ ।

#BirthCitizenshipNepal

वि.सं.२०७९ चैत २७ सोमवार ०९:२२ मा प्रकाशित

ADBL AD
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरेर मनाइँदै

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरेर मनाइँदै

काठमाडौँ । बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर...

खोलामा डुबेर एक बालकको मृत्यु, दुई बालबालिका बेपत्ता

खोलामा डुबेर एक बालकको मृत्यु, दुई बालबालिका बेपत्ता

बरहथवा (सर्लाही) । जिल्लाको बसवरिया गाउँपालिकास्थित झाझ खोलामा डुबेर एक...

फोहरबाट आम्दानी गर्दै अस्पताल

फोहरबाट आम्दानी गर्दै अस्पताल

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहरबाट...

हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु

हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु

एशभिले, संयुक्त राज्य अमेरिका । अमेरिकामा आएको हेलेन आँधीका कारण...

राहत सामग्री नपाएको बाढीपीडितको गुनासो

राहत सामग्री नपाएको बाढीपीडितको गुनासो

इनरुवा (सुनसरी) । सुनसरी जिल्ला सदरमुकाम इनरुवा-९ बबियाकी कुमारी खत्वेको...

नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवासहित पौष्टिक आहार

नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवासहित पौष्टिक आहार

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले स्वास्थ्यकर्मीसहित टोली ज्येष्ठ नागरिकको...