काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले छिट्टै नेपाल फर्किएर आफ्नो उपचार देशमै गराउने बताएका छन् ।
भिडियो सन्देशमार्फत् नयाँवर्ष २०८० को शुभकामना दिँदै डा. भण्डारीले सबैको माया, सद्भाव, प्रेम, माया ममता र प्रार्थनाले आफु स्वस्थ्य हुँदै गएको र छिट्टै नेपाल फर्किने बताएका छन् ।
गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिण्डर दुर्घटनामा परेर घाईते भएका डा. भण्डारीको हाल मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । उक्त दुर्घटनामा गम्भीर घाईते डा.भण्डारीका आमा हरिकला भण्डारीको किर्तीपुर बर्न अस्पतालमा उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो ।
वि.सं.२०८० वैशाख १ शुक्रवार १६:२३ मा प्रकाशित