back

एनआरएनएद्वारा परराष्ट्रमन्त्री साउद समक्ष ८ बुँदे माग

वि.सं.२०८० वैशाख ४ सोमवार

294 

shares
NTC AD

काठमाडौं । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसी र अध्यक्ष कुल आचार्यको नेतृत्वमा आइतवार पराष्ट्र मन्त्रालयमा पुगेको एक प्रतिनिधिमण्डलले मन्त्री साउदलाई भेटेर बधाई तथा शुभकामना दिएको छ ।
उक्त भेटमा संघका कार्यकारी अध्यक्ष डा केसीले संघले उठाँउदै आएको नागरिकता, एनआरएन नियमावली परिमार्जन, नेपालमा लगानीका वातावरण लगायतका विषयमा मन्त्री साउदको ध्यानार्कषण गराउँदै मन्त्री ८ बुँदे माग पत्र समेत बुझाएका थिए ।

सो अवसरमा अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता तथा लगानीका कानुनी प्रक्रिया लगायतका विषयमा संबोधनका लागि पहल गरिदिन हुन अनुरोध गरेका थिए ।

त्यस्तै मन्त्री साउदलाई यहि मे ५ देखि ७ सम्म चेक रिपब्लिकमा आयोजना हुने युरोप क्षेत्रीय बैठकमा प्रमुख आतिथ्यताका लागि निमन्त्रणा समेत गरिएको बताइएको छ ।

यस्तो छ आठबुँदे माग
क) गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संघले नेपाल कानून आयोगसंग विभिन्न चरणमा छलफल गरी दिएका सुझावहरुलाई संम्बोधन गरी कानून ल्याउनको लागि पहल गर्न ।

ख) गैरआवासीय नेपाली नागरिकता विधेयकलाई मूर्तरुप दिनुका साथै गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न कठिनाई हुने थाईल्याण्ड, म्यानमार, मलेसिया, फिजी लगायतका देशहरुमा पुस्तौंदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सहज रुपमा नेपालसंग जोड्न तथा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली परिचयपत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था ऐनमा संशोधन गर्न ।

ग) गैरआवासीय नेपाली ऐनमा १८३ दिन भन्दा बढी सार्क मुलुक बाहेक अन्य देशमा बसोबास गरी आएका नेपालीलाई गैरआवासीय नेपालीको परिचय दिलाउन तथा विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई पनि सोही परिभाषाभित्र समेट्न ।

घ) संविधानको धारा २९१ ले नेपाली नागरिकता नै कायम राखी लामो समय विदेशमा बस्ने अनुमति प्राप्त नेपाली नागरिकको मौलिक अधिकार हनन गरेको हुँदा यथाशिघ्र उक्त धारा परिवर्तनका लागि आवश्यक पहल गरिदिन हुन ।

ङ) गैरआवासीय नेपाली परिचपत्र लिएका नेपालीहरुलाई पनि गैरआवासीय नेपाली नागरिक सरह पाउने अधिकारको व्यवस्थाको लागि पहल गरिदिनु हुन ।

च) विदेशमा नेपालीहरुको उपस्थिति रहेका मुलुकमा नेपाली दूतावास तथा नियोग स्थापनाका लागि पहल गरिदिन हुन ।

छ) नेपाली मूलका विदेशी नागरिक (पीएनओ) र गैरआवासीय नेपाली नागरिक (एनआरएन) कार्डको शुल्क अत्यन्तै महँगो भएकोले अति न्युन संख्याले मात्र उक्त कार्ड लिएका छन् । तसर्थ पीएनओ र एनआरएन कार्डको शुल्क न्युनत्तम गराउन लागि पहल गरिदिन हुन

ज) गैरआवासीय नेपालीहरुको मागहरुको सम्बोधनका लागि अन्तर मन्त्रालयस्तरको कार्यशाला तर्जुमा गरी तत्काल समाधान गर्न ।’

उक्त भेटमा  गैरआवासीय नेपाली संघका सचिब गोबिन्द गौतम, अमेरिका क्षेत्रका संयोजक राम.सि पोखरेल, एनसीसी रसियाका अध्यक्ष शिवमणी भुर्तेल लगायत भाषा साहित्य विभागका प्रमुख हिक्मत थापा, तेज शाह, नरेश कोइराला, रमेश पौडेल, रमेश दाहाल, भगवती बस्नेत, सरोज दाहाल, दीपक कर्ण, जीवन बम, देवेन्द्र भट्टराई तथा सचिवालयका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

 

 

 

वि.सं.२०८० वैशाख ४ सोमवार १३:२८ मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

नवलपरासी दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु

नवलपरासी दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...