back

दुईलाख रुपैयाँ राशीसहितको अरनिको पुरस्कार पत्रकार आचार्यलाई प्रदान

वि.सं.२०८० वैशाख ४ सोमवार

435 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिले प्रदान गर्ने अरनिको अन्तर्राष्ट्रिय पुरस्कार यस वर्ष चीनको बेइजिङमा बसेर पत्रकारिता गरिरहेका चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’लाई प्रदान गरिएको छ ।

आइतबार राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उपन्यासकार आचार्यलाई पुरस्कार प्रदान गरेका थिए । उक्त पुरस्कारमा २ लाख रुपैयाँ नगद र सम्मानपत्र रहेको छ ।

धादिङको रुबी उपत्यकामा जन्मे–हुर्केकी एक तामाङ युवती लागूपदार्थ ओसार्ने भरियाको रुपमा प्रयोग भएकी र यी युवती अहिले चीनको कारागारमा थुनिएको कथानकमा स्वैरकल्पना मिसाएर पत्रकार आचार्यले लेखेको ‘रुइबा’ले यसपटक अरनिको अन्तर्राष्ट्रय पुरस्कार पाएको हो ।

समारोहमा राष्ट्रपति पौडेलले नेपालका विभूति अरनिकोको नाममा स्थापित यो पुरस्कारले नेपाली कला–संस्कृति र सभ्यताको गौरव बढाएको बताए । लेखक आचार्यले आफूले सातवर्ष लगाएर लेखेको उपन्यास ‘रुइबा’ले अरनिको अन्तर्राष्ट्रिय पुरस्कार पाएकोमा कृतिको सही मूल्यांकन भएको बताए ।

समारोहमा भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिका संयोजक हिक्मत थापाले एनआरएनले देशमा लगानी र आर्थिक अवसरमात्रै भित्र्याउने नभएर बाहिरी विश्वमा फैलिएको नेपाली भाषा–साहित्यमा उत्प्रेरकको कामसमेत गर्ने धारणा राखेका थिए ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले नेपालकै पहिलो गैरआवासीय नेपाली अरनिकोको नाममा राखिएको यो पुरस्कारले नेपाल–नेपालीको पहिचानलाई थप बढाएको बताए ।

कार्यक्रममा एनआरएनए अर्का अध्यक्ष कुल आचार्यले सम्मानित व्यक्तित्वलाई बधाई दिदै राष्ट्रपतिप्रति आभार प्रकट गरेका थिए ।

कार्यक्रममा संघका सचिब गोबिन्द गौतम, अमेरीका क्षेत्रका संयोजक राम.सि पोखरेल, एनसीसी रसिया अध्यक्ष शिवमणी भुर्तेल, निर्मला अधिकारी (चीन) र पत्रकारहरु देवेन्द्र भट्टराई रमेश पौडेल तथा रमेश दाहाल, भगवती बस्नेत, दीपक कर्ण (नाइजेरिया), नरेश कोइराला (क्यानडा), जीवन बम (अमेरिका), प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

वि.सं.२०८० वैशाख ४ सोमवार १३:५६ मा प्रकाशित

GLOBAL IME AD
कविता : को चन्द्रमा छुन्छ है ?

कविता : को चन्द्रमा छुन्छ है ?

बिमला चन्द सानू बैतडी, हाल- काठमाडौं मैलो के छ र...

कविता : रित्ता मान्छेहरु

कविता : रित्ता मान्छेहरु

निम्बतरु,अर्घाखाँची अधिक रित्ता मानिसहरू हाम्रो तिर यता लखर उता लखर...

लघुकथा: गिद्धे नजर

लघुकथा: गिद्धे नजर

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर, थिमी शिक्षक –।कोठामा दुई शिक्षिकाहरू गफमा...

कविता : फूलको बिछ्यौना

कविता : फूलको बिछ्यौना

बाबुराम न्यौपाने ‘उत्स’ दमक, झापा युरोपको पुनर्जागरण इतिहासको काल्पनिक कहानी...

मुक्तक

मुक्तक

सुनिल अधिकारी, काठमाडौं १. आफ्नो दुनो सोझ्याउन नानाभाँतीको कुरा गर्छन्...

मुक्तक

मुक्तक

निर्मलरमण पराजुली सामाखुशी, काठमाण्डौ १. पैँचो जस्तै सम्मान अनि, पुरस्कारको...