back

भूकमा माओवादी केन्द्रको २०१ जनाको निर्वाचन समिति

वि.सं.२०७३ चैत ३१ बिहीवार

147 

shares
NTC AD
Global IME AD

३१ चैत, पर्वत । ने.क.पा. (माओवादी केन्द्र) ले पर्वतको भूक ताङ्लेमा २०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार भूकमा सम्पन्न भेलाले डिलप्रसाद गुरुङको संयोजकत्वमा गठित परिचालन समितिको २०१ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।
समितिको सचिवमा तुलाराम दर्जी रहेका छन् । माओवादी केन्द्रले निर्वाचन परिचालन समितिको सचिवालय समेत गठन गरेको छ । परिचालन समितिको सचिवालयमा जुमकुमारी गुरुङ, खुसीराम गुरुङ, हरिप्रसाद आचार्य, पदमबहादुर गुरुङ, टेकबहादुर गुरुङ, तीर्थबहादुर पुन, धनबहादुर परियार, आइतसिंह नेपाली, विष्णुभक्त गुरुङ, प्रेमबहादुर पुन, बुद्धिमान गुरुङ, श्रीप्रसाद गुरुङ, कृष्ण परियार, पदमबहादुर परियार, सुरेश गुरुङ, बिनोद गुरुङ, यामप्रसाद गुरुङ, प्रतापसिंह परियार, आइतसिंह परियार, लक्ष्मण गुरुङ, लालबहादुर गुरुङ, मैसु बि.क., जोनिसा परियार, गौमति परियार, सबिता बि.क., ध्रुव परियार, सीता परियार, शर्मिला परियार, बिमला परियार, कमला परियार, श्यानी बि.क., पुजा परियार, हाउसबहादुर परियार, बिमला परियार, लक्ष्मी परियार रहेका छन् ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता मनहरि तिमिल्सिनाले विकास र समृद्धिको प्रष्ट मार्गचित्र भएको र सबैलाई मिलाएर अघि बढाउने नेताले मात्रै गाउँपालिकाको मुहार फेर्नसक्ने बताए । तिमिल्सिनाले भने, ‘मोदी गाउँपालिका अथाह सम्भावनायुक्त गाउँपालिका हो । जनताले विकास, समृद्धि, रोजगारी र आफ्नो दैनिक जीवनमा परिवर्तन चाहेका छन्, हामीले जनताको भावना बुझ्नुछ, विकास र समृद्धिको नेतृत्व गर्नुछ । सबै पार्टी र शक्तिहरुलाई मिलाएर मोदीको मुहार फेर्नु छ । राजनीतिक संघर्ष र झमेला छोडेर विकास र समृद्धिका लागि प्रतिस्पर्धा गर्नु छ । त्यसका लागि विकासको प्रष्ट मार्गचित्र र सबैसँग हातेमालो गर्ने नेतृत्व खोज्नुपर्दछ ।’
कार्यक्रममा माओवादी केन्द्रका नेता तथा मोदी गाउँपालिका अध्यक्ष मनबहादुर पौडेल, सचिव गंगा तिमिल्सिना, नेताहरु भीमप्रसाद शर्मा, जयबहादुर अखेली, चीजकाजी गुरुङ, डिलप्रसाद गुरुङ, तुलाराम दर्जी लगायतका नेताहरुले राजनीतिक परिवर्तन, आर्थिक समृद्धि र विकासको मार्गचित्र माओवादी केन्द्रसँग भएकाले आगामी निर्वाचनमा माओवादीको विजय अनिवार्य भएको बताए ।

वि.सं.२०७३ चैत ३१ बिहीवार ०३:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को...

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म...