back

दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट ६०० लाभान्वित

वि.सं.२०७३ चैत ३१ बिहीवार

396 

shares
GLOBAL IME AD
NTC AD

health-sibir३१ चैत, धनुषा । विश्व शान्ति युवा संघ, युपीएफ नेपाल र विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोगमा धनुषाको गोदारमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ ।
चैत्र २७ र २८ गते धनुषाको गणेशमान चारनाथ नगरपालीका वडा नं ५मा रहेको जनता जनसवाल मा.बि गोदारमा भएको शिबिरमा ६०० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका बरिष्ठ अर्थोपेडिक डा. सुभाष झासहित ४ जना चिकित्सक लगायत १२ जनाको समुहले दुईदिन सम्म बिहान ९ः३० देखि बेलुका ५ः०० बजे सम्म शिबिरमा स्वास्थ्य जाँच गरेका थिए ।
स्वास्थ्यको दृष्टिकोणले पछि परेका तथा तराईका विभिन्न क्षेत्रमा स्वास्थ्य सेवाबाट वञ्चित भएका स्थानीय जनसमुदायलाई लक्षित शिबिर संञ्चालन गरिएको हो । तराईमा लाजका कारण अस्पताल सम्म नजाने गर्दा कयितपय सामान्य रोगले पनि जटिल अवस्थामा पुगेको परिक्षणको बेला भेट्टाईएको थियो ।
शिविरमा डा. सुभाष झा अर्थोपेडिक, डा.सुजना सापकोटा नाक, कान, घाँटी, डा.अमित देव स्त्री रोग, र डा. दिपा शेर्पा जनरल मेडिसिनमा स्वास्थ्य चेकअप गरेका थिए । स्वास्थ्य परिक्षण पश्चात निःशुल्क औषधी वितरण गरिएको थियो भने ल्यावको अभावमा केहि बिरामीको रोग पहिचान हुन नसेकेकोले उनीहरु बिराट मेडिकल अस्पतालमा आए निःशुल्क चेक अप गर्ने तथा आर्थिक अवस्था दयनिय भएकालाई बिराट मेडिकल कलेजले निःशुल्क उपचार गरिदिने ब्यबस्था गरेको जानकारी डा. सुभाष झाले दिए ।
शिविरमा सहभागी हुन ४० कि.मी टाढाबाट मानिस आएका थिए । शिबिरमा २०४ पुरुष ,३५० महिला र ५५ जना बालबालीकाको स्वास्थ्य परिक्षण गरिएको थियो । महिलाहरूमा पाठेघरसम्बन्धी समस्या हुँदा पनि लाज र संकोचकै कारण रोग लुकाएर बस्नुपर्ने अवस्थाका साथै स्थानीयस्तरमा दक्ष चिकित्सकहरूको समेत अभाव रहेकोले शिविर संचालन गरी जनसमुदायमा सेवा तथा सचेतना प्रवाह गरेको आयोजक सन्तोषकुमार पौडेलले जानकारी दिए । संस्थाले बिगतमा पनि देशका बिभिन्न भागमा पिछडीएको क्षेत्र एवम समुदायलाई लक्षित गरि निःशुल्क शिबिर संञ्चालन गदै आएको छ ।

वि.सं.२०७३ चैत ३१ बिहीवार ०३:२३ मा प्रकाशित

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना...

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि...

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट...

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

फिक्कल (इलाम) । अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको...