back
CTIZAN AD

दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट ६०० लाभान्वित

वि.सं.२०७३ चैत ३१ बिहीवार

765 

shares

health-sibir३१ चैत, धनुषा । विश्व शान्ति युवा संघ, युपीएफ नेपाल र विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोगमा धनुषाको गोदारमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ ।
चैत्र २७ र २८ गते धनुषाको गणेशमान चारनाथ नगरपालीका वडा नं ५मा रहेको जनता जनसवाल मा.बि गोदारमा भएको शिबिरमा ६०० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका बरिष्ठ अर्थोपेडिक डा. सुभाष झासहित ४ जना चिकित्सक लगायत १२ जनाको समुहले दुईदिन सम्म बिहान ९ः३० देखि बेलुका ५ः०० बजे सम्म शिबिरमा स्वास्थ्य जाँच गरेका थिए ।
स्वास्थ्यको दृष्टिकोणले पछि परेका तथा तराईका विभिन्न क्षेत्रमा स्वास्थ्य सेवाबाट वञ्चित भएका स्थानीय जनसमुदायलाई लक्षित शिबिर संञ्चालन गरिएको हो । तराईमा लाजका कारण अस्पताल सम्म नजाने गर्दा कयितपय सामान्य रोगले पनि जटिल अवस्थामा पुगेको परिक्षणको बेला भेट्टाईएको थियो ।
शिविरमा डा. सुभाष झा अर्थोपेडिक, डा.सुजना सापकोटा नाक, कान, घाँटी, डा.अमित देव स्त्री रोग, र डा. दिपा शेर्पा जनरल मेडिसिनमा स्वास्थ्य चेकअप गरेका थिए । स्वास्थ्य परिक्षण पश्चात निःशुल्क औषधी वितरण गरिएको थियो भने ल्यावको अभावमा केहि बिरामीको रोग पहिचान हुन नसेकेकोले उनीहरु बिराट मेडिकल अस्पतालमा आए निःशुल्क चेक अप गर्ने तथा आर्थिक अवस्था दयनिय भएकालाई बिराट मेडिकल कलेजले निःशुल्क उपचार गरिदिने ब्यबस्था गरेको जानकारी डा. सुभाष झाले दिए ।
शिविरमा सहभागी हुन ४० कि.मी टाढाबाट मानिस आएका थिए । शिबिरमा २०४ पुरुष ,३५० महिला र ५५ जना बालबालीकाको स्वास्थ्य परिक्षण गरिएको थियो । महिलाहरूमा पाठेघरसम्बन्धी समस्या हुँदा पनि लाज र संकोचकै कारण रोग लुकाएर बस्नुपर्ने अवस्थाका साथै स्थानीयस्तरमा दक्ष चिकित्सकहरूको समेत अभाव रहेकोले शिविर संचालन गरी जनसमुदायमा सेवा तथा सचेतना प्रवाह गरेको आयोजक सन्तोषकुमार पौडेलले जानकारी दिए । संस्थाले बिगतमा पनि देशका बिभिन्न भागमा पिछडीएको क्षेत्र एवम समुदायलाई लक्षित गरि निःशुल्क शिबिर संञ्चालन गदै आएको छ ।

वि.सं.२०७३ चैत ३१ बिहीवार ०३:२३ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...