back

धौवादीमा रहेको फलाम खानीको उत्खनन कार्य अगाडि बढाइने

वि.सं.२०७३ चैत ३१ बिहीवार

711 

shares

iron-phalamनवलपरासी । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नवलपरासीको धौवादीमा रहेको फलाम खानीको उत्खनन कार्य अगाडि बढाउन सरकार लागिपरेको बताउनुभएको छ ।

बुधबार खानी क्षेत्रको स्थलगत निरीक्षणका लागि विकट पहाडी हुप्सेकोट गाउँपालिका धौवादी पुग्नुभएका मन्त्री जोशीले निरीक्षणपछि मन्त्री जोशीले एक वर्षभित्रै फलाम खानी उत्खनन गर्ने बताउनुभयो ।

उहाँले सरकार र निजी क्षेत्रलाई समेत हातेमालो गरी छिटोभन्दा छिटो उत्खनन कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस क्षेत्रमा ३० करोड टनभन्दा बढी फलामको सम्भावना भेटिएको अध्ययनमा सहभागी भूगर्भविद् नारायण बास्कोटाले जानकारी दिनुभयो । अध्ययनका क्रममा यस क्षेत्रमा २८ प्रतिशतदेखि ५८ प्रतिशतसम्म फलामको मात्रा भेटिएको छ ।

करिब १० किलोमिटर क्षेत्रमा फैलिएको खानीलाई पाँच वटा क्षेत्रमा विभाजन गरी पाँच स्थानमा उत्खनन गरिने छ । खानी उत्खनन भएमा नेपाल ३० वर्षसम्म फलाममा आत्मनिर्भर बन्नेछ । नेपालकै सबैभन्दा ठूलो फलाम खानी भेटिएको यस क्षेत्रमा खानी तथा भूगर्भ विभागले एक वर्षदेखि लगातार अनुसन्धान गरिरहेको छ । रासस

वि.सं.२०७३ चैत ३१ बिहीवार ०३:५४ मा प्रकाशित

Himalayan Life AD
सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

काठमाण्डौ  । सानिमा बैंक लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव मनाएको छ।...

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु...

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

काठमाडौं । लामिनार भिट्रिफाइड टायलले नेपालमै पहिलो किसिमको कोठा र...

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पुर्‍याउँदै महत्वपूर्ण उपलब्धि...

सिप्रदी ट्रेसिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा

सिप्रदी ट्रेसिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेसिङ...