Logo
२८ श्रावण २०७९, शनिबार
     Sat Aug 13 2022
E-paper
  English Edition
   Unicode
Logo

गाउँलेको लगानीमा आठ किमी सडक निर्माण



३१ चैत, म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–५ बरन्जाको धापुङवासीले गाउँलेकै लगानीमा गाउँसम्म सडक सञ्जाल विस्तार गरेका छन् । बेनी–बरन्जा हुँदै झाँक्रेपानी जोड्ने सडकले आफ्नो गाउँलाई नछुने भएपछि महेश–धापुङवासीले सामूहिक लगानीमा गाउँमा मोटरबाटो पु¥याएका हुन् ।

महेश–धापुङका अगुवा प्रेम चोचाङ्गीले कतैबाट सहयोग नपाउने भएपछि प्रतिघर रु पाँच हजारका दरले चन्दा उठाएर र श्रमदानसहित सडक विस्तार गर्ने अभियानबाट गाउँमा सडक निर्माण गरेको बताउनुभयो । बरन्जाको दहबाट धापुङवासीले श्रमदान र सामूहिक लगानीमा आठ किमी सडक खनेर गाउँसम्म सडक पु¥याएका हुन् । बाटो खन्न गाउँका युवा राति २ बजेसम्म खटिएको र महिलाले उनीहरुलाई खाजा र खानाको व्यवस्था गरेको अगुवा चोचाङ्गीको भनाइ छ । सडक निर्माण गरी यातायात सञ्चालनमा आउन थालेपछि स्थानीय एक सय नौ घरधुरी लाभान्वित बनेका छन् । सडक निर्माणमा कतार, साउदी अरब, मलेसियालगायत देशमा रहेका स्थानीयवासीले रु पाँच लाखभन्दा बढी सहयोग गरेको स्थानीय युवा उमेश विकले बताउनुभयो । गाउँसम्म सडक पुगेपछि आवत–जावत गर्न र स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजको बजारीकरणमा सहज भएको स्थानीयवासी नरमायाँ पुनले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कञ्चनपुर । भीमदत्त नगरपालिका– १४ स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको