back
CTIZAN AD

प्रधानमन्त्री प्रचण्ड र रास्वपा अध्यक्ष रामिछानेबीच भेट

वि.सं.२०८० वैशाख १७ आइतवार

852 

shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको बताइएको छ । रास्वपाको सरकारप्रतिको धारणा बुझ्नका लागि प्रधानमन्त्री दाहालले रास्वपा नेतृत्वसँग छलफल गरेका हुन् ।

“अहिलेको समसामयिक राजनीतिक विषयमा कुराकानी भयो, हाम्रो पार्टीको भोलि केन्द्रीय समिति र संसदीय दलको बैठक पनि बस्दैछ, सोही सन्दर्भमा सरकारप्रति पार्टीको धारणा बुझ्नका लागि पनि प्रधानमन्त्रीले सभापतिसँग छलफल गर्नुभएको हो”, उपसभापति डिपी अर्यालले भने । ।

भेटका क्रममा प्रधानमन्त्री दाहालले उपनिर्वाचनबाट सांसद पदमा निर्वाचित भएकामा सभापति लामिछानेलाई बधाई दिएका थिए । रास्वपाको केन्द्रीय समितिको बैठक भोलि सोमबार बिहान ११ बजे बस्दैछ ।

 

वि.सं.२०८० वैशाख १७ आइतवार १२:०१ मा प्रकाशित

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...