Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

डढेलोले पाँचसय हेक्टर वन सखाप



गाईघाट (उदयपुर), ३१ चैत । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको विभिन्न सामुदायिक वन क्षेत्रमा लागेको डढेलोको कारण अहिलेसम्म झण्डै ५०० हेक्टर वन क्षेत्र सखाप भएको छ ।

जिल्ला वन कार्यालयका अनुसार जिल्लाको पूर्वी क्षेत्रको ज्यामिरे सामुदायिक वन, हँडिया सामुदायिक वन तथा माछापुछ्र्रे सामुदायिक वन हुँदै डढेलो देउराली सामुदायिक वनतर्फ फैलिदै गएको छ ।

अहिले डढेलो चारैतिर फैलिन थालेपछि वनका कर्मचारीहरू र स्थानीयवासीसमेत डढेलो नियन्त्रण गर्न परिचालन गरिएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत लालबाबु यादवले बताउनुभयो ।

देउराली र माछापुछे्र वनमा लागेको डढेलो मानव वस्तीतर्फ आउन लागेको कारण आफूहरू चौबिसै घण्टा डढेलो नियन्त्रण गर्न लागिपरेको हँडिया ज्यामिरेका स्थानीयवासी केदार खड्काले बताउनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्