Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

किन गनाउँछ मुख ? यसरी गर्नुहाेस् समाधान



कतिपय मानिसलाई मुख गन्हाउने समस्याले निकै तनावमा पारेकाे हुन्छ । उनीहरू त्यही समस्याकै कारण न अरूसँग राम्राेसँग बाेल्न सक्छन् न त खुलेर हाँस्न नै सक्छन् । हामी यहाँ मुख गन्हाउने समस्या किन हुन्छ र यसकाे समाधान के हाे भन्ने विषयमा चर्चा गर्दैछाैं ।

हामीले ध्यान दिनुपर्ने कुरा मुख गन्हाउनुमा मुख वरिपरि अथार्त दाँत र गिँजाकाे समस्या हुन्छ भने अर्काेतिर, घाँटीसम्बन्धी वा पेटसम्बन्धी समस्याले पनि यस्ताे समस्या देखिन्छ । यस्ताे समस्याकाे समाधान कसरी गर्ने त ? जानाैं केही उपाय :

धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने ।

धेरै तातो र धेरै चिसो नखाने ।

मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने ।

हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने ।

मुखमा खानेकुरा राखेर नसुत्ने ।

बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने ।

बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।

रेसा भएको र पोसिलो खानेकुरा खाने ।

पानी प्रशस्त पिउने ।

वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्न पनि सकिन्छ ।

नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने ।

फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने ।

हरेक ५ महिनामा दाँत जँचाउने ।

डब्लुएचओका अनुसार नेपालका ६० प्रतिशत बालबालिका र पाँचदेखि १० प्रतिशत वयस्क तथा युवामा दाँत र मुखमा समस्या देखिने गरेको छ । मुख गनाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो । एजेन्सीबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।