
काठमाडौं । सरकारले एसिसी प्रिमियर कप विजेता नेपाली टोलीलाई सरकारले ६÷६ लाख दिने निर्णय गरेको छ ।
त्यस्तै अफिसियललाई जनही ३/३ लाख दिने समेत बताइएको छ ।आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
मंगलबार सम्पन्न एकदिवसीय क्रिकेटको फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै विजयी बनेको थियो । उक्त जितसँगै नेपालले एसिया कपमा आफ्नो स्थान बनाएको छ ।