Logo
२८ श्रावण २०७९, शनिबार
     Sat Aug 13 2022
E-paper
  English Edition
   Unicode
Logo

आइपिएल क्रिकेटमा पन्जाब हार्यो



ipl

१ बैशाख, काठमाडौं । इण्डियन प्रिमिएर लिग (आइपिएल) क्रिकेटमा किंग्स इलाभेन पन्जावले हार बेहोरेको छ ।
इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाब ले निर्धारित 20 ओभरमा 9 विकेट गुमाउदै 170 रनको मध्यम स्कोर खडा गरेको थियो । पञ्जावका हसिम अमलाले २७ बलमा २५ रन, मनन भोराले १९ बलमा २८ रन, ग्लेन म्याक्सवेलले १४ बलमा २५ रन, डेभिड मिलरले १९ बलमा २८ रन, हृद्धिमन शाहले १७ बलमा २५ रन बनाएका थिए । कोलकत्ताका उमेश यादवले चार, क्रिक्स वेक्सले दुई साथै सुनिल नारायन, पियुश चावला र कोलिन डे ग्यान्डहोमले एक एक विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको कोलकत्ताले मात्र 16.3 ओभरमा 2 विकेट गुमाउदै लक्ष भेट्टायो । कोलकत्ताको लागि कप्तान गौतम गाम्भिरले ४९ बलमा ७२ यस्तै सुनिल नारायनले १८ बलमा ३७ रन बनाए । रविन उथप्पाले १६ बलमा २६ रन साथै मनिष पाण्डेले १६ बलमा २५ रन बनाए । पञ्जावका बरुन आरोन र अक्सर पटेलले एक एक विकेट लिएका थिए । जितसँगै कोलकत्ता अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कञ्चनपुर । भीमदत्त नगरपालिका– १४ स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको