back

मतदाता शिक्षा शुरु, गाउँगाउँ स्वयंसेवक परिचालन

वि.सं.२०७४ वैशाख १ शुक्रवार

987 

shares

१ वैशाख, रत्ननगर (चितवन)। स्थानीय निकायको निर्वाचन र मतदान प्रक्रियाबारे मतदातालाई सुसूचित पार्न जिल्ला निर्वाचन कार्यालले आजदेखि मतदाता शिक्षा सुरु गरेको छ ।

चैत २२ गतेदेखि जिल्लाका तीन सय ७६ मतदाता शिक्षा स्वयंसेवकलाई तालिम दिएर आजदेखि गाउँगाउँमा परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेवीका र शिशु शिक्षिकालाई मतदाता शिक्षा स्वयंसेवकको रुपमा परिचालन गरिएको हो । जिल्लामा हरेक मतदान केन्द्रमा एक जना पर्ने गरी तीन सय ७६ मतदान केन्द्रमा तीन सय ७६ जना स्वयंसेवक परिचालन गरिएको कार्यालयले जनाएको छ । उनीहरुले गाउँगाउँमा मतदान गर्ने तरिकासहित मतदातालाई मताधिकारबारे सुसूचित गराउने छन् ।

मतदाता शिक्षा कार्यक्रमको अभियान भने बदर मत कम गराउन र मतदान प्रतिशत बढाउनु मुख्य लक्ष्य रहेको ढकालले बताउनुभयो । चितवनमा आजदेखि २८ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने छ ।

मतदाता शिक्षा दिन आफू तयार रहेको बताउँदै भरतपुर– ४ बेलचोककी स्वयंसेवक सुनिता शर्मा मतदातालाई सुसूचित बनाउन पाउनु आफ्ना लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो । अर्काे मतदाता शिक्षा स्वयंसेवक कृति कुँवर गाउँगाउँमा पुगेर मतदाताले मतदान प्रक्रियामा अवलम्बन गर्नुपर्ने कुरा सिकाउन आफू सक्रिय भएको जानकारी दिनुभयो ।

यसवर्ष दलितसहित दुई महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था भएकाले मतदातालाई सो विषयमा समेत सुसूचित गराउने कार्यालयले जनाएको छ । एक मतदाताले यसपटक सात वटा भोट हाल्नुपर्ने जिल्ला निर्वाचन अधिकारी ढकाल बताउनुहुन्छ । प्रमुख, उपप्रमुखसहित वडाध्यक्ष, महिला सदस्य दुई र खुला सदस्य दुई जनाका लागि मतदान हुन्छ ।

वि.सं.२०७४ वैशाख १ शुक्रवार ०६:४४ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...