Logo
२२ श्रावण २०७९, आईतवार
     Sun Aug 7 2022
E-paper
  English Edition
   Unicode
Logo

आइपिएलमा गुजरातको जित



ipl२ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गए राति भएको खेलमा गुजरात लायन्स विजयी भएको छ ।

गुजरातले राइजिङ पुने सुपरजायन्टलाई ७ विकेटले हराएको हो । पुणेले दिएको १ सय ७२ रनको लक्ष्य गुजरातले १८ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेट्टायो । उसका लागि ब्राण्डम म्याकुलमले ४९, डवेयन स्मिथले ४७, कप्तान सुरेश रैनाले ३५ तथा आरोन फिन्चले ३३ रनको योगदान गरे ।

पुणेका शार्दुल ठाकुर, इमरान ताहिर र राहुल चाहरले एक एक विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ गर्न क्रीजमा आएको पुनेले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो ।पुनेका लागि स्टेभेन स्मिथले ४३, राहुल त्रिपाठी ३३, मनोज तिवारीले ३१ तथा अंकित शर्मा र बेन स्टोकले समान २५ रना बनाए । गुजरातका प्रतिभावान बलर एन्ड्रयु तेयीले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट हात पारेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ३ सय

काठमाडौं । डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीको

काठमाडौं । आम निर्वाचनको मिति घोषणा भएसँगै पाँच दलीय सत्ता गठबन्धनका नेताहरु तालमेलको गृहकार्यमा