Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

पर्वत सेवा समाज कतारमा चिन्तामणि



parbat-sewa-samaj-qatar-2074

पर्वत जिल्लाबाट कतारमा कार्यरत पर्वतेलीहरुको संस्था पर्वत सेवा समाज कतारको तेस्रो साधारण सभा सम्पन्न भएको छ । १४ अप्रिलमा सन्हैया स्थित ग्रिन रेष्टुरेन्टमा सम्पन्न सो साधारणसभाले २०१७ देखि २०१९ सम्मका नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको नामावाली यस प्रकार रहेको छ
१. अधक्ष्य : श्री चिन्तामणि पौडेल
२. उपाधक्ष्य : श्री आनन्द सुबेदी
३. उपाधक्ष्य : श्री भिम बहादुर क्षेत्री
४. उपाधक्ष्य : श्री
.५. महासचिब : श्री सन्तोष गुरुङ्ग
६. सचिब : श्री अनिल क्षेत्री
७. सचिब : श्री बिरेन नेपालि
८. कोसाध्क्ष्य : श्री ……………………………………………
९. सह कोसाध्क्ष्य : श्री ……………………………………………
१०. कार्यसमिति सदस्य : श्री बिक्रम कुँवर
११. कार्यसमिति सदस्य : श्री लेखनाथ रिमाल
१२. कार्यसमिति सदस्य : श्री गणेश परियार
१३. कार्यसमिति सदस्य : श्री टिकाराम भुसाल
१४. कार्यसमिति सदस्य : श्री भिम अधिकारि
१५. कार्यसमिति सदस्य : श्री हरि प्रसाद शर्मा
१६. कार्यसमिति सदस्य : श्री दुर्गा प्रसाद भट्टराई
१७. कार्यसमिति सदस्य : श्री सन्तोष श्रेष्ठ
१८. कार्यसमिति सदस्य : श्री दल बहादुर अधिकारि
१९. कार्यसमिति सदस्य : श्री धन सुनवार खाती
२०. कार्यसमिति सदस्य : श्री राम खड्का
२१. कार्यसमिति सदस्य : श्री सुरज परिवार
२२. कार्यसमिति सदस्य : श्री मान बहादुर जी सी
२३. कार्यसमिति सदस्य : श्री डम्बर क्षेत्री
२४. कार्यसमिति सदस्य : श्री सोम क्षेत्री
२५. कार्यसमिति सदस्य : श्री गंगा नेपालि
२६. कार्यसमिति सदस्य : श्री हरिलाल सापकोटा
२७. कार्यसमिति सदस्य : श्री रघुनाथ शर्मा
२८. कार्यसमिति सदस्य : श्री अन्तिम बिक
२९. कार्यसमिति सदस्य : श्री कमल बिक

समाजको प्रमुखसल्लाहकार निबर्तमान अध्यक्ष दिपेंद्रजंग लामिछाने रहंदा लेखा समिति संयोजक डिल्लीराम भट्टराईलाई चुनिएको थियो । तेस्रो अधिवेशनलाई सर्वसम्मत सम्पन्न गराउदै  नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराएको  निर्वाचन समिति संयोजकमा पूर्णबहादुर नेपाली  रहेका थिए भने समिति सदस्यमा आईबहादुर खत्री, डिल्लीराम भट्टराई, शक्ति क्षत्री, शेषराज तिमिल्सिना रहेका थिए । 

पर्वत युवा सेवा समाज कतारलाई २०१२ मा पुन नयाँ नामाकरण गर्दै स्थापित गर्ने क्रममा अहिले तेस्रो अधिवेशन सम्म आई पुग्दा समाजले कतारमा फरक स्थान बनाईसकेको छ । यसैक्रममा समाजले सामाजिक रुपमा हरेक क्रियाकलापहरुलाई आफ्ना कार्य योजना बनाउदै आएको छ । अहिले बनेको समितिले अझै ससक्त रुपमा यस्ता क्रियाकलापलाई अगाडी लैजाने बताउँदै सम्पूर्ण पुराना तथा नयाँ कतारबासी पर्वतेहरुलाई सहयोगको लागी अनुरोध गर्दै नवनिर्वाचित अध्यक्ष पौडेलले आफ्नो धारणा ब्यक्त कार्यक्रममा समाजका संरक्षक तथा तेस्रो अधिवेशनका प्रमुख अतिथि छबिलाल भट्टराईले समाजले अहिले सम्म गरेको उपलब्धि नै समाजको स्थापित नाम रहेको बताए । उनले अहिले भनेको नयाँ कार्य समितिले यो नामलाई अझै उचाई लैजान आग्रह गरेका थिए । आफ्ना सहकर्मीहरुको हिजोको मेहनत नै आजको पर्वत समाज रहेको समेत जिकिर गर्दै नवनिर्वाचित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य दिने अतिथिहरुमा एनआरएन एनसीसी कोषाध्यक्ष भेषराज पराजुली, जनसम्पर्क समितिका कोषाध्यक्ष रामजी खत्री, समाजसेवी चानक पोख्रेल, स्यांग्जा सहयोग समाजका अध्यक्ष धनन्जय लम्साल, आदिवासी जनजाती महासंघ कतारका दितीय उपाध्यक्ष पुरुषोत्तम सुनुवार, महिला समाजकी उपाध्यक्ष अमिन खान, गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डे, मोना कतारका अध्यक्ष रमेश पौडेल समाज सेवा समाज रुपन्देहीका अध्यक्ष डिल्लीराम भट्टराई, दलित एकता संजालका अध्यक्ष श्याम नेपाली, समाजका सल्लाहकार शेषराज तिमिल्सिना सांगीतिक संयोजक शक्ति क्षेत्री, दिल भट्टराई रहेका थिए । कार्यक्रममा दोहामा स्थापित रहेका पर्वतसंग सहकार्य गर्दै आएका संघसस्थाहरु धनकुटा सेवा समाज कतार, इलाम सेवा समाज, कास्की आदर्श सेवा समाज अर्घाखाँची सेवा समाज, गोर्खा सेवा समाज, माझी सेवा समाज, मोरङ सुनसरी सेवा समाज अनेसास, बाग्लुंग सेवा समाज लगाएत अन्य दोहामा स्थापित विभिन्न संघसस्था प्रमुख तथा प्रतिनिधिहरुहरुको उपस्थिति ब्यानर अनावरण, राष्ट्रियगान तथा मौन धारणसंगै सुरुवात गरिएको कार्यक्रमको सभापतित्व पर्वत युवा सेवा समाज कतारका निवर्तमान अध्यक्ष दिपेन्द्र जंग लामिछानेले गरेका थिए िआफ्नो कार्यकालमा सहकर्मीको रुपमा रहेर काम गर्ने सम्पूर्ण टिमलाई आभार प्रकट गरेका उनले नयाँ कार्य समितिलाई समेत अग्रिम शुभकामना प्रकट गरेका थिए । समाजलाई आजको स्थान सम्म पुर्याउन सहकार्य गर्दै सबैमा धन्यवाद ब्यक्त गरे । समाजको तेस्रो अधिवेशनमा दोहामा कार्यरत पर्वतेहरुको बृहत उपस्थिति रहेकोकार्यक्रमको संचालन निवर्तमान महासचिव दिल कुमार श्रेष्ठ तथा वर्तमान महासचिव सन्तोषकुमार गुरुङ गरेका थिए ।

सस्थाले  अध्यक्षको जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष पौडेलले आफ्नो जिम्मेवारी पूरा गर्न सक्दो प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् । समाजलाइ गतिशील बनाउन सबैको साथ र सहयोग आवश्यक हुने भन्दै  सम्पुर्ण कतारवासी पर्बतेली दाजुभाइ दिदिबहिनीहरुमा सहयोग र सुझावको अपेक्षा व्यक्त गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको