Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाल घुम्न सुरक्षीत छ भन्ने जानकारी सहित नयाँ वर्ष मनाइयो साइप्रसमा



cyprus2दिनेश हरिजन, गौतम, युरोप । नेपालीहरुको नया साल २०७४सालको अवसर पारेर साईप्रसमा रहेका नेपालीहरुसगं शुभकामना अदानप्रदान गर्ने उद्देश्यले गैरअवासिय नेपाली सघं साईप्रसले साईप्रसमा नेपाल चिनाउने हाम्रो अभियान कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।
नेपालमा भुकम्प पश्चप्त पनि नेपाल घुम्नका लागि सुरक्षीत रहेको, नेपाल पर्यटकीय दृष्टिले विश्वका अरु देश भन्दा प्राकृतिक सुन्दरताले भरिपुर्ण रहेकोले युरोपका पर्यटकहरुलाई नेपालमा घुम्नका लागि प्रोत्साहनस्वरुप कार्यक्रम आयोजना गरेको एन.आर.एन. साईप्रसका अध्यक्ष सुबास मल्लले जानकारी बताएका छन । नेपाली राजदुतावास ईजरायलकी द्दितिय सचिव आस्था सुब्बाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा साईप्रस देशका कन्सुलेट डाक्टर रामजिवन पन्जियारले साईप्रसमा यस्तो कार्यक्रमले सबै नेपालीहरुलाई एकताबद्द गर्ने र नेपालमा पर्यटकहरुलाई घुम्नका लागि प्रोत्साहन पुगेको विश्वास ब्यक्त गरेका थिए ।

cyprus
त्यस्तै कार्यक्रममा गैरअवासिय नेपाली समाज अन्र्तराष्टिय सदस्य रन्जित कुमार महतोले विश्वमा रहेका नेपालीहरुले आफनो भाषा ,सस्कृती तथा भेषभुषा तथा पहिचानलाई सदुपयोग गर्दै नेपालमा रहेका धार्मिक,सस्कृतिक तथा पर्यटकिय स्थलहरुको बारेमा प्रचार प्रसार गर्नु पर्ने बताए । एन.आर.एन।.साईप्रसका महासचिव सन्तोष बडाल तथा जेनि शेर्पाको सयुक्त संचालनमा भएको कार्यक्रममा एन.आर.एन.का पुर्ब सदस्य सि।के शाह साईप्रसका समाज सेबी कोष्तान्तीनो एन.आर.एन. साईप्रसका कोषाध्यक्ष रामजेन शाह , साईप्रसमा रहेका विभिन्न नेपाली सघंसस्थाका प्रतिनिधिहरुको लगाएतको उपस्थिती रहेको महासचिव सान्तोष बडालले बताएका छन ।
कार्यक्रममा साईप्रसमा रहेका विभिन्न् कलाकारहरुले आ आफनो कला प्रस्तुत गरेका थिए भने नेपाली समुदायहरुका भेषभुषा झल्कीने गरि सास्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो ।एन.आर.एन. अध्यक्ष मल्लले कार्यक्रमलाई सफल बनाउनमा सहयोग गर्ने स्वयंसेवक लगाएत सबै सस्थाका प्रतिनिधिहरुलाई धन्यबाददिनु भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । चक्रपथभित्र खाली जग्गा पाउन मुस्किल छ । बढ्दो सहरीकरणका कारण खाली जग्गासमेत

प्रेम, परियार नर्वे । प्रवासी नेपाली एकता मन्च नर्वेले आयोजना गरेको मैंत्रीपूर्ण टि –१०

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले थापाथलीस्थित नर्भिक अस्पताललाई २४ घण्टे निर्देशन दिएका

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्

काठमाडौं । पर्वतको जलजला गाउँपालिका धाइरिङ ७ मा विद्युतीय दुर्घटनामा परेर १ जनाको मृत्यु