
३ बैशाख, काठमाडौं । स्पेनीश घरेलु लिग लालिगा अन्तर्गत शनिबार भएको खेलमा रियल म्याड्रीडले स्पोर्टिङ गिजोनलाइ २–३ गोल अन्तरले हराएको छ ।
गिजोनको घरेलु मैदानमा भएको खेलमा अग्रता भने डी कोपको गोलबाट गिजोनले लिएको थियो । उनले खेलको १४ औ मिनेटमा उत्कृष्ट गोल गरेका थिए । लगत्तै ४ मिनेट पछि रियलका इस्कोले दर्शनिय गोल गरे । खेलको ५० औ मिनेटमा गिजोनका भेश्गाले गोल गरेका थिए । खेलको ५९ औ मिनेटमा रियलका मोराटाको गोल संगै रियल पुन लयमा फर्कियो । इन्जुरी समयमा फेरि इस्को ले गोल गर्दै रियललाइ ३ अंक दिलाए ।
त्यस्तै शनिबार राति भएको अर्को खेलमा दोस्रो स्थानको बार्सिलोनाले रियल सोसिडाडलाई हराएको छ । मेस्सीको प्रेरणादायी प्रदशन सँगै बार्सिलोनाले जित हात पारेको हो । स्पेनिश लालिगामा रियल ७५ अंक सहित शिर्ष स्थानमा छ त्यस्तै दोस्रो स्थानको बार्सिलोनाको ७२ अंक छ ।