Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

मनमौजी ओली : एमालेको विधानबाट हटाए आफु प्रतिकुलका प्रावधान



काठमाडौं । २०६५ मा भएको एमालेको आठौं महाधिवेशनले विधानमा एउटै कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी समय रहन नपाउने व्यवस्था गरेको थियो । नेतृत्वमा देखिने पदमोह र पुस्तान्तरणको समस्यालाई हल गर्न तत्कालिन नेतृत्वले यस्तो प्रस्ताव अगाडि बढाएको थियो ।

बुटवलमा भएको आठौं महाधिवेशनले गरेको बाध्यकारी व्यवस्थालाई २०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनलाई थप मलजल गर्ने काम गर्‍यो । नवौं महाधिवेशनले ७० वर्षे उमेरहदको प्रावधान ल्याउँदै कार्यकारी पदमा बुढा पुस्तालाई नरहने अवस्था सिर्जना गरायो । जुन, समग्र राजनीतिमा देखिएको वेथितिको अन्त्य गर्ने कदम पनि थियो ।

विधानको बाध्यकारी व्यवस्थालाई आत्मसाथ गर्दै मोदनाथ प्रश्रितले बुटवल महाधिवेशनबाट अवकास लिए भने भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले काठमाडौं महाधिवेशनबाट अवकास लिए । दशौं महाधिवेशनसँगै सत्यनारायण मण्डललगायत पनि पार्टीको जिम्मेवारीबाट बाहिरिएका थिए ।

तर, त्यस्तो बाध्यकारी प्रावधान पार्टीको नेतृत्वमा आएसँगै केपी शर्मा ओलीले भने क्रमशः आफु अनुकुल खुकुलो बनाउँदै लगेका छन् । ओलीले २०७८ असोजमा भएको पहिलो विधान महाधिवेशनबाट आफुलाई अनुकुल हुनेगरी ‘७० वर्ष पुग्नुअघि निर्वाचित कार्यकारीको हकमा त्यस्तो व्यवस्था कार्यकालभरका लागि लागु नहुने’ भन्ने व्यवस्था गराए ।

सोही आधारलाई टेकेर सौराहामा भएको दशौं महाधिवेशनबाट ओली दोस्रो पटक अध्यक्षमा निर्वाचित भए । २००८ फागुन ११ का ओली अहिले उमेरले ७१ वर्ष पार गरिसकेका छन् । एमालेको विधान र हालसम्मको व्यवस्थाले ओली पुनः कार्यकारी पदमा रहन सक्दैनन् । तर, ओलीले यहीबीच एमाले प्रवेश गरेका मुकुन्द न्यौपाने र प्रवेश गर्न खाजेका बामदेव गौतमलाई देखाएर ओलीले केन्द्रीय सचिवालय बैठकबाटै विधानको व्यवस्था निलम्बन गराएका छन् ।

एमालेकाे विधानमा भएकाे व्यवस्था, जुन सचिवालयकाे बैठकबाट निलम्बन गरिएकाे छ ।

गत शुक्रबार बसेको एमालेको सचिवालय बैठकमा ओलीले मुकुन्द न्यौपानेको नाम अघि सार्दै उक्त व्यवस्थालाई निलम्बन गर्ने प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावलाई सचिवालय बैठकले पारित गरेको छ । जससँगै उक्त व्यवस्था निलम्बन भएको छ । ओलीले आफुलाई त सहज बनाएका छन् नै सँगै एमालेका दर्जनौं नेताहरुलाई सहज बनाईदिएका छन् ।

ओलीको यो निर्णयसँगै एमालेमा पुस्तान्तरणको सम्भावना भने सकिएको छ ।

हाल एमालेको पदाधिकारी तहमा ओलीसहित ईश्वर पोखरेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली ७० वर्ष पुरा गरिसकेका छन् । हालै प्रवेश गरेका मुकुन्द न्यौपाने र प्रवेश गर्न सर्त राखेका वामेदव गौतम पनि ७० वर्ष पुरा गरिसकेका छन् । गौतमले स्पष्टरुपमै उमेर हद हटाएमा एमालेमा फर्किने बताएका थिए ।


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।