Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

भोलीदेखि प्रदर्शनमा आउँदै दायाहाङको ‘नीरफूल’, अग्रिम बुकिङ उत्साहजनक



काठमाडौं । शुक्रबार (२६ जेठ) बाट मुलुकका सिनेमा हलमा रिलिज हुने अभिनेता दयाहाङ राईको प्रतिक्षित चलचित्र ‘नीरफूल’को बुधबार बेलुका काठमाडौंमा भव्य प्रिमियर गरिएको छ ।

प्रिमियर शोमा सेलो समुहका विभिन्न कलाकारहरुले डम्फु बजाउँदै नाचगान र झाँकी सहित यो चलचित्रका कलाकार तथा पाहुनालाई सिनेमा हलमा स्वागत गरेका थिए । सो क्रममा डम्फुको ताल र सेलो गीतमा यो चलचित्रका अभिनेता दयाहाङ राई, अभिनेत्री शान्ति वाईबा, कलाकार बुद्धी तामाङ लगायतल छमछमी नाचेका थिए ।

२ घन्टा आठ मिनटको यो चलचित्रको प्रदर्शनीमा सिनेकर्मी, साहित्यकार, संगीतकर्मी, सञ्चारकर्मी, विभिन्न संस्था संस्थानका प्रतिनिधिहरुहरुको उल्लेख्य उपस्थिति थियो ।

प्रिमियर शोमा चलचित्र नीरफूल हेरेपछि सबैले राम्रो प्रतिक्रिया दिए । सिनेमाले लगातार आफुलाई बाँध्न सकेको भन्दै नीरफूल एउटा फरक र मौलिक चलचित्र बनेको पनि उनीहरुले बताए । यो चलचित्रका स्कृप्ट, छायाँकन र कलाकारको अभिनय निकै ससक्त रहेको प्रतिक्रिया प्रिमियरमा सहभागी सिनेकर्मी तथा सञ्चारकर्मीले दिए ।

सो कार्यक्रममा अतिथिहरुको राम्रो प्रतिक्रिया पाएर उत्साहित भएका अभिनेता दयाहाङ राईले आफुले काम गरेको उत्कृष्ट चलचित्रको सूचीमा नीरफूल पर्ने बताए । यो चलचित्रले अहिलेको शासन व्यबस्थालाई उजागर गरेको पनि उनले बताए । भाषिक हिसाबले आदिबासी जनजातिलाई राज्यले हेर्ने दृष्टिकोण पनि चलचित्रमा प्रस्तुत गरिएको उनको कथन थियो ।

यो चलचित्रलाई सञ्चारकर्मी फूलमान बलले निर्देशन गरेका हुन् । आफ्नो सृजनालाई आफुले यो चलचित्रमा प्रस्तुत गरिसकेको र अब दर्शकको जवाफको प्रतिक्षामा आफु रहेको पनि उनले बताए । नीरफूललाई आफुले मौलिक सिनेमा बनाउन प्रयास गरेको निर्देशक बलले बताए ।

यो चलचित्र शुक्रबारबाट मुलुकका एक सय भन्दा बढी स्कृनमा प्रदर्शनी हुने यसका वितरक गोविन्द शाहीले बताएका छन् । फिल्मलाई गोविन्द शाही र मनोज राठीले बितरण गर्दैछन् । सिनेमाको अग्रिम बुकिङ राम्रो रहेको पनि शाहीले बताए ।

यो चलचित्रमा अभिनेता दयाहाङ राईसँगै शान्ति वाईबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फुर्वा, विजय लामालगायतको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रलाई फुलमानसँगै दीपक श्रेष्ठ (युके), माया केसी (युएई), उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया), अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनम लामा (नेपाल)ले निर्माण गरेका हुन् । फिल्मको सह निर्मातामा गणेश थापा, अशोक थापा, बिके श्रेष्ठ, इन्द्र तामाङ (अमेरिका) रहेका छन् । यो चलचित्रलाई काफिया फिल्मस्बाट गोविन्द शाहीले बितरण गर्दैछन् ।

चलचित्रको पटकथा सचिन घिमिरे र फुलमान बलले लेखेका हुन् । जसमा प्रमोद कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत रहेको छ । सिनेमा गीत राजेश पायल राई, प्रमोद खरेल र दुर्गा खरेलले गायका छन् ।


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।