
काठमाडौं । कुमारी बैंक लिमिटेडले एक समारोहका बीच काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठान (किओच)लाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ प्रदान गर्ने सम्झौता गरेको छ ।
बाल स्वास्थ्य प्रतिष्ठानले हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका, वडा नम्बर ७ मा बाल अस्पताल निर्माण गरिरहेकोमा सो अस्पताल निर्माणका लागि बैंकले उक्त सहयोग प्रदान गर्नेे सम्झौता गरेको हो ।
सामाजिक उत्तरदायित्वलाई आफ्नो मान्यताको रूपमा अँगाल्दै आएको कुमारी बैंक लिमिटेडले समग्र समाजको हित हुने यस्ता परियोजनाहरूलाई प्रोत्साहन गर्दै आएको जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल तथा काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाका बीचमा दुई संस्थाका अन्य पदाधिकारीहरुको उपस्थितीमा यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको थियो ।