Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

पञ्चेबाजासहित रुद्री लगाएर पाल्पाका स्थानीयले भगवान् इन्द्रसँग पानी मागे



रामपुर (पाल्पा) । लामो समयसम्म पानी नपरेपछि पाल्पाको रामपुरका स्थानीयले सामूहिक पूजा गरेका छन् । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली, अन्नबाली तथा फलफूल सुक्न थालेपछि भगवान् इन्द्रको पूजा गरिएको हो ।

रामपुर नगरपालिका–६ गैटारस्थित अकला कालिका दुर्गा मन्दिरमा सामूहिकरूपमा रुद्री लगाएर भगवान् इन्द्रको पूजा गरी स्थानीयवासीले पानी मागेका हुन् । मन्दिर पूजाआजा गरी नजिकै रहेको कालीगण्डकी नदी परेवाघाट किनारमा पुगेर स्थानीयले पानी मागेको अकला कालिका मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद अर्यालले जानकारी दिए ।

भगवान् इन्द्रको पूजा गरी पानी मागेमा पानी पर्ने जनविश्वास छ । यहाँका करिब तीन सयभन्दा बढी स्थानीयको सहभागितामा पञ्चेबाजासहित नदी किनारमा पुगेर उनीहरुले पानी छ्यापाछ्याप गरी भगवान् इन्द्रसँग पानी माग्न पूजा गरेका थिए । खडेरीले खेतबारीमा लगाएका बालीनाली सुक्न थालेपछि स्थानीयले भगवान्को प्रार्थना गर्दै पानी माग्न थालेका छन् । विगतदेखि नै पानी नपर्दा रुद्री लगाउने, इन्द्रको पूजा गर्ने गरिरहेको र पूजा गरेपछि पानी पर्ने गरेको स्थानीय ८४ वर्षीय लोकनाथ खनाल बताउछन् । रासस

 


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।