Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान दिएर प्रोत्साहान



चितवन । भरतपुर महानगरपालिकाले दुग्ध कृषकलाई अनुदान रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले कृषकलाई संयुक्तरूपमा चेक हस्तान्तरण गरेका हुन् ।

आर्थिक वर्ष २०७९÷८० मा दुग्ध सहकारीमा आबद्ध कृषकले सङ्कलन गरेको दुई करोड चार लाख लिटर दूधको प्रतिलिटर रु तीनका दरले रु छ करोड १२ लाख हस्तान्तरण गरिएको हो ।

आव २०७४÷७५ बाट भरतपुर महानगरपालिकाले दूधमा नेपालमै पहिलोपटक अनुदान दिन सुरु गरेको थियो । पच्चीस पैसाबाट सुरु गरेको अनुदान रकम चालु आवमा रु तीन पुगेको हो । गत आवमा आठ हजार सात सय ३५ कृषकले अनुदान पाएकामा चालु आवमा ११ हजार पाँच सय ३४ जनाले अनुदान पाएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख दाहालले भरतपुरको दूध उत्पादनमा वृद्धि गर्न प्रोत्साहन गर्ने उदेश्यसहित २५ पैसाबाट सुरु गरिएको अनुदान प्रभावकारी देखिएको  बताईन् । प्रदेशले दिने अनुदानलाई महानगरमार्फत रु पाँच दिने गरी व्यवस्था मिलाउन अनुुरोध गरिएको उनले जानकारी दिए ।

भरतपुर महानगरपालिकाले कृषकलाई लक्षित गरी पशु स्वास्थ्य घरदैलो उपचार, गोठ सुधार, पशु खरिदमा अनुदान, बाख्रा, बङ्गुर तथा हाँस वितरण गरेको छ । यस्तै विभिन्न यन्त्र उपकरण, प्राविधिक तालिम, पाँच सयवटा काउम्याटलगायतका सामग्री वितरण गरिएको प्रमुख दाहालले बताईन् ।

महानगरपालिका उपप्रमुख अधिकारीले कृषकलाई थप व्यावसायिक बनाउन अनुदानले सहयोग पुर्याउने बताए । महानगरपालिकाले उत्पादन वृद्धि गर्ने नीति लिएअनुरुप कृषिमा आधुनिकीकरणतर्फ जाने कार्यक्रम ल्याइएको उनले उल्लेख गरे ।


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक