Logo
७ आश्विन २०८०, आईतवार
     Sun Sep 24 2023
E-paper
  English Edition
   Unicode
Logo

भारतबाट आउने तरकारीले गर्दा बारीमै सुक्यो किसानको तरकारी



तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका राजेश डाँगी टन्टलापुर घामको प्रवाह नगरी आफ्नो खेतबारीमा पुग्छन् । उनलाई गर्मीले गर्दा निस्केको पसिनाको कुनै प्रवाह छैन । पसिना पुछ्दै बारीमा पुग्दा पनि उनीमा उत्साह छैन । उनले १७ कट्ठामा लगाएको बन्दा यस वर्ष काम नलाग्ने भयो । बिक्री नभएपछि बस्तुभाउलाई खुवाउनुपर्ने बाध्यता आयो । “१७ कट्ठामा लगाएको हुँ, एउटा पनि बिक्री भएन”, उनले भने, “अब गाई, बाख्रालाई खुवाउनुभन्दा विकल्प भएन ।”

उनले यसरी खेती गर्न लागेको १० वर्षभन्दा बढी भयो । गएको वर्ष बन्दा राम्रै बिक्री भएको थियो । त्यही भएर पनि यस वर्ष हौसिएर उनले १७ कट्ठामा खेती गरेका हुन् । “गत वर्ष राम्रै माग भएको थियो, बिक्री पनि राम्रै भएको थियो”, उनले भने, “त्यही भएर मैले यस वर्ष धेरै क्षेत्रमा यो खेती गरेको हुँ ।” गएको वर्ष उनले १० कट्ठामा मात्रै बन्दा खेती गरेका थिए ।

भारतबाट आउने तरकारीले गर्दा यहाँको बन्दा बिक्री नभएको उनको गुनासो छ । “सबै भारतबाट आइहाल्छ”, उनले भने, “त्यसले गर्दा हामीले उत्पादन गरेको तरकारीले बजार पाउँदैन ।” त्यस्तै सोही ठाउँका किसान डम्बरकुमारी खत्रीको पनि बारीमा सुक्दै गरेको बन्दा देख्दा मन कुँडिन्छ ।

कृषि प्रधानदेशमा किसानले लगाएको तरकारी नै बिक्री नहुनुले मुलुक कता जाँदैछ भन्ने चिन्ताले पिरोल्ने गरेको उनी बताउछन् । “कृषि प्रधान देश भन्छन्, हामीले लगाएको तरकारी बारीमै सुक्छ”, उनले भने, “तरकारी बिक्री नभए पनि नसुक्ने, नबिग्रिने गरेर राख्न मिल्ने र प्रशोधन गरी अचारजस्ता कुरा बनाउने गरी सरकारले व्यवस्था गर्नुपथ्र्यो ।”

गत वर्ष व्यापारी बारीमा लिन आउने गरेको भए पनि यस वर्ष किन्नसमेत नमानेको उनकोे भनाइ छ । यस्तै भइरहेमा अर्को वर्ष खेती गर्ने कि नगर्ने भन्ने कुराले आफूलाई दोधारमा परेको उनकोे भनाइ छ । उनीहरु जस्तै जिल्लामा बन्दा खेती गर्ने किसानको हालत त्यस्तै छ । रु पाँच किलोमा बिक्री गर्न खोज्दा पनि बिक्री नभएर गाईबस्तुलाई खुवाउनुपर्ने अवस्था आएको उनकोे भनाइ छ । खेती गर्दा रु एक डेढलाख लगानी भए पनि त्यो लगानी उठाउनसमेत हम्मे–हम्मे परेको उनले बताए । rss (file photo  )


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब