Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

भारतबाट तरिकारी भित्रिँदा बारीमै सुक्यो दाङकका किसानहरूको तरकारी



तुलसीपुर दाङको तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका राजेश डाँगी टन्टलापुर घामको प्रवाह नगरी आफ्नो खेतबारीमा पुग्छन् । उनलाई गर्मीले गर्दा निस्केको पसिनाको कुनै प्रवाह छैन । पसिना पुछ्दै बारीमा पुग्दा पनि उनमा उत्साह छैन । उनले १७ कट्ठामा लगाएको बन्दा यस वर्ष काम नलाग्ने भयो । बिक्री नभएपछि बस्तुभाउलाई खुवाउनुपर्ने बाध्यता आयो । “१७ कट्ठामा लगाएको हुँ, एउटा पनि बिक्री भएन”, उनले भने , “अब गाई, बाख्रालाई खुवाउनुभन्दा विकल्प भएन ।”

उनले यसरी खेती गर्न लागेको १० वर्षभन्दा बढी भयो । गएको वर्ष बन्दा राम्रै बिक्री भएको थियो । त्यही भएर पनि यस वर्ष हौसिएर उनले १७ कट्ठामा खेती गरेका हुन् । “गत वर्ष राम्रै माग भएको थियो, बिक्री पनि राम्रै भएको थियो”, उनले भने , “त्यही भएर मैले यस वर्ष धेरै क्षेत्रमा यो खेती गरेको हुँ ।” गएको वर्ष उनले १० कट्ठामा मात्रै बन्दा खेती गरेका थिए ।

भारतबाट आउने तरकारीले गर्दा यहाँको बन्दा बिक्री नभएको उनको गुनासो छ । “सबै भारतबाट आइहाल्छ”, उनले भने, “त्यसले गर्दा हामीले उत्पादन गरेको तरकारीले बजार पाउँदैन ।” त्यस्तै सोही ठाउँका किसान डम्बरकुमारी खत्रीको पनि बारीमा सुक्दै गरेको बन्दा देख्दा मन कुँडिन्छ ।

कृषि प्रधानदेशमा किसानले लगाएको तरकारी नै बिक्री नहुनुले मुलुक कता जाँदैछ भन्ने चिन्ताले पिरोल्ने गरेको उनले बताउछन् । “कृषि प्रधान देश भन्छन्, हामीले लगाएको तरकारी बारीमै सुक्छ”, उनले भने , “तरकारी बिक्री नभए पनि नसुक्ने, नबिग्रिने गरेर राख्न मिल्ने र प्रशोधन गरी अचारजस्ता कुरा बनाउने गरी सरकारले व्यवस्था गर्नुपथ्र्यो ।”

गत वर्ष व्यापारी बारीमा लिन आउने गरेको भए पनि यस वर्ष किन्नसमेत नमानेको उनको भनाइ छ । यस्तै भइरहेमा अर्को वर्ष खेती गर्ने कि नगर्ने भन्ने कुराले आफूलाई दोधारमा परेको उनको भनाइ छ । उनीहरू जस्तै जिल्लामा बन्दा खेती गर्ने किसानको हालत त्यस्तै छ । रु पाँच किलोमा बिक्री गर्न खोज्दा पनि बिक्री नभएर गाईबस्तुलाई खुवाउनुपर्ने अवस्था आएको उनको भनाइ छ । खेती गर्दा रु एक डेढलाख लगानी भए पनि त्यो लगानी उठाउनसमेत हम्मे–हम्मे परेको उनले बताए ।


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक