Logo
७ आश्विन २०८०, आईतवार
     Sun Sep 24 2023
E-paper
  English Edition
   Unicode
Logo

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी



काठमाडाैं । तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौँ उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति वाञ्छित सीमा नाघेर सात दशमलव ४१ प्रतिशत पुगेको छ । यस अवधिसम्ममा सबैभन्दा धेरै मूल्यवृद्धि काठमाडौँ उपत्यकामा सात दशमलव ६८ प्रतिशत र पहाडमा सात दशमलव ५७ प्रतिशत पुगेको छ । त्यस्तै, तराई क्षेत्रमा सात दशमलव १५ प्रतिशत र हिमालमा सात दशमलव १२ प्रतिशत मुद्रास्फीति रहेको छ ।

वैशाख मसान्तसम्मको तथ्याङ्कअनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव ८९ प्रतिशत रहेको छ ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क २६ दशमलव ६१ प्रतिशत, रेष्टुरेन्ट तथा होटलको १४ दशमलव ८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३ दशमलव ६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव ४१ प्रतिशत र सुर्तीजन्य पदार्थको आठ दशमलव ४९ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १५ दशमलव ७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १३ दशमलव ०८ प्रतिशत, शिक्षाको १० दशमलव ५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको नौ दशमलव ६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको आठ दशमलव २७ प्रतिशतले बढेको छ ।

गत वैशाख महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति तीन दशमलव ३१ प्रतिशत रहेको छ । उपभोग्य वस्तुको थोक मूल्य तीन दशमलव १२ प्रतिशतले घटेको छ भने निर्माण सामग्रीको थोक मूल्यवृद्धि दुइ दशमलव ६८ प्रतिशत रहेको छ ।


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब