
काठमाडौं । माछापुच्छ्रे बैंक र केएफसी आउटलेट बीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । केएफसी आउटलेट दिव्यानी इन्टरनेशनल नेपाल प्रा.लि.बाट सञ्चालित रहेको छ । जसअन्तर्गत केएफसी, क्रिमबेल र पिज्जा हट आउटलेटहरु सञ्चालनमा छन् ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले दिव्यानी इन्टरनेशनल नेपाल प्रा.लि मा आवद्ध भएका केएफसी, क्रिमबेल र पिज्जा हट आउटलेटहरुमार्फत खानाका परिकारहरु अर्डर गर्दा बैंकको विभिन्न डिजिटल माध्यमबाट भुक्तानी गर्दा दैनिक पहिलो कारोबारमा १०% (बढिमा रु. १८०) सम्मको क्यासब्याक पाउन सक्नेछन् ।
बैंकले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकको सुविधाका लागि उक्त क्यासब्याक योजना जेष्ठ २५ देखि असार २६ गते,२०८० सम्म प्रदान गरिने जनाइएको छ ।
बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यका साथ ‘ग्रीन बैंकिङ्ग’लाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई सुविधालगायत व्यापार व्यवसाय तथा पर्यटन प्रबद्र्वनमा सघाउ पुग्दै आएको बैंकको विश्वास छ ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०४ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।