काठमाडौं । नबिल बैंक र ल्याण्डमार्क होटल एण्ड रिसोर्टबीच व्यवसायीक सम्झौता भएको छ । उक्त सम्झौताअन्र्तगत नबिल बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एण्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा छुट पाउनेछन् ।
सम्झौताअनुसार ल्याण्डमार्कका होटलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुबिधामा १५ प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।
बैंकले जनाएअनुसार बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुबिधा प्राप्त गर्न सक्नेछन् ।
हालसम्म नबिल बैंकले २५५ शाखामार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
वि.सं.२०८० जेठ २६ शुक्रवार १५:१३ मा प्रकाशित