Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

एक किशोरीले आमाको खाताबाट मोबाइलमा गेम खेलेर १२ लाख चट पारिन्



काठमाडौँ  ( बेइजिङ) । मध्य चीनको हेनान प्रान्तमा १३ वर्षकी एक किशोरीको मोबाइलमा गेम खेल्ने कुलतका कारण एउटा परिवारको सम्पूर्ण बचत रकम स्वाहा भएको छ ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार नाम सार्वजनिक नगरिएकी ती किशोरीले आमाको ब्याङ्क खाताबाट गेम खेलेर रु १२ लाख चट पारेकी हुन् । उनले रु तीन लाख २३ हजार एक सय ६३ गेममा, रु पाँच लाख ६१ हजार तीन सय ३० गेम एप्लीकेशन खरिद गर्न र रु दुई लाख ६७ हजार तीन सय ५५ हजार १० जना साथीलाई गेम खेल्न दिएर खर्च गरेकी थिइन् ।

चार महिनाको अवधिमा उक्त रकम खर्च भएको हो । आमाको ‘डेविट कार्ड’ प्रयोग गरेर मोबइल गेममा पैसा उडाएको ती किशोरीका शिक्षिकाले देखेपछि उनले तत्काल किशोरीकी आमालाई उनकी छोरीको कुलत र रकम स्वाहा पारेको जानकारी गराएकी थिइन् । शिक्षिकाले सूचना प्रवाह गर्दा धेरै ढिलो भइसकेको थियो, आमाको खातामा एक रुपैयाँ ३३ पैसामात्र बाँकी थियो ।

समाचारअनुसार आमाले छोरीलाई आवश्यक परेका बेला विद्युतीय माध्यमबाट खर्च गर्नसक्ने गरी आफ्नो डेविट कार्ड ‘पासवर्ड’सहित प्रदान गरेकी थिइन् । उनका बाबुले त्यति धेरै रकम कसरी खर्च ग¥यो भनेर सोधेपछि उनले खर्चको विवरण दिएकी हुन् । साथीभाइले गेमका निम्ति रकम भुक्तानी गरिदिन आग्रह गरेपछि उनीहरूलाई नाई भन्न नसकेको जवाफ उनले दिएकी छन् । (रासस सिन्ह्वा)

 


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक