Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

गंगा दाहालले किन सम्झिइन् कुन्ती मोक्तानको गीत ?



काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की कान्छी पुत्री दाहालबारे सामाजिक सञ्जालमा राम्रोभन्दा नराम्रा चर्चाहरु धेरै भइरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवको जिम्मेवारीमा समेत रहेकी दाहालबारे विभिन्न घटनालाई लिएर टिप्पणी भइरहेको छ । अहिले विशेषतः प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उनको भूमिकालाई लिएर प्रश्न उठाइएको छ । दाहालकै भूमिकाको कारण भ्रमण व्यवस्थित नबनेको कतिपयको टिप्पणी छ ।

उनको भूमिकालाई लिएर विपक्षी दलले संसदमा समेत प्रश्न उठाए । प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रचण्डपुत्री दाहालबारे आलोचना गरे । दाहाललाई ‘फस्ट लेडी’ हुन खोजेको भन्दै ओलीले व्यंग्य गरे ।

भारत भ्रमणमा उनको भूमिकालाई लिएर कुटनीतिज्ञ वृत्तमा समेत चासोको विषय बन्यो । कतिपय कुटनीतिज्ञले कुटनीतिक परिधिलाई दाहालले उल्लंघन गरेको पनि टिप्पणी गरे ।

प्रचण्डकी कान्छी पुत्री दाहाल यसपटक मात्रै होइन यसअघिदेखि नै पटक–पटक विवादमा तानिदै आएकी छिन् । उनको भूमिकाकै कारण प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्ड विवादमा तानिने गरेका छन् । बुवा प्रचण्डको स्वकीय सचिवको जिम्मेवारीमा रहेकी दाहालको भूमिका स्वभाविक खालको देखिन्न ।

आफूमाथि निकै आलोचना भएपछि दाहालले सामाजिक सञ्जालमा कुन्ती मोक्तानको गीत सम्झेकी छिन् । उनले आफ्ना केही तस्बिर सेयर गर्दै लेखेकी छिन्, “म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर !”

बिहीबार राति उनले राखेको फेसबुक स्टाटसमा थुप्रैले प्रतिक्रिया पनि दिएका छन् । जहाँ धेरैको प्रतिक्रिया आलोचनात्मक खालकै छ । उनको स्टाटसलाई धेरैले ‘घमण्डको चित्रण’ भनि प्रतिक्रिया दिएका छन् ।

जहाँ माओवादी कार्यकर्ता खेम राना पहेली लेख्छन्– क्रान्ति नायक प्रचण्ड आफै आलोचित छैनन्, उहाँलाई आलोचित बनाउने काम परिवारकै सदस्यले गरेका छन्, यतातिर ध्यान दिऔ।


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक