
छाया सधैँ छाया भएर रहदैन
कहिले काही जूनको किरण
छायामा पर्छ
ऊ चम्किलो हुन्छ
थोरै इच्छा पूर्ण गर्न कसैलाई नमार्ने गर
त्यो दाग मरेर जाँदा पनि मेटिदैन
मलामी उगेल्दै आउछन्
अवगुणहरु
मजाक बन्छ समस्त जीवनको साधना
हो ! जानेले जान्दैन के हुँदैछ यहाँ
गल्ति गर्नेले मान्दैन उसको बाटो कस्तो थियो
आफ्नै शब्दमा बाँधिएको मान्छे
साम, दाम र दण्ड अपनाउँछ
आफुलाई साबित गर्न
झटारो फल फलेको बृक्षमा हानिन्छ
नहाने पनि पाकेको फल तल झर्छ
उचाल्दा उचाईमा चड्ने मानिस
आफ्नै कर्तुतले गिर्छ
दिने भए केही देउ समाजलाई
जसले त्यो एक कदम अघि बढ्न सक्छ
कृत्रिम प्रेम घातक हो
त्यसले मुल्यबोध मर्छ
बाटो लामो छ डराएर हुन्न
बिसाएर मनको पीडा समाधान केही छैन
हिँड्दा हिँड्दै आउनेछ गन्तव्य स्थल
साधना रहोस् अटल ।
शिवसागर,असम, भारत