
रामप्रसाद अधिकारी
बानियाँटार, काठमाडौँ
१
आयो बिपत्ति
आमा भन्दा ठूलो त
हैन सम्पत्ती ।
२
लेख्नु कसरी
बज्रपातले मुटु
जल्यो बेसरी ।
३
दृष्टि तिनैको
छिनिलगे तिनैले
सृष्टि उनैको ।
४
भैयो टुहुरो
आमा हुँदा सदैव
थियौं बबुरो ।
५
आमा महान
सन्ततिका लागि हुन्
देवि समान ।
६
आमाको काख
केहिपनी हुँदैन
अरुको लाख ।
७
छैन समान
स्वर्ग देखि पाताल
आमा महान ।
८
गर्छु नमन
स्वर्गावासी आमामा
भक्ति भावमा ।
९
हामी शोकमा
बास मिलोस् आमाको
स्वर्ग लोकमा ।
१०
गर्दै नमन
पार्थिब शरीरमा
श्रद्धासुमन ।