Logo
२२ श्रावण २०७९, आईतवार
     Sun Aug 7 2022
E-paper
  English Edition
   Unicode
Logo

डिपिएल क्रिकेट प्रतियोगितामा रुपन्देही च्यालेन्जर्स विजयी



४ बैशाख, धनगढी । धनगढीमा जारी डिपिएल क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा रुपन्देही च्यालेन्जर्स विजयी भएको छ ।

रुपन्देही च्यालेन्जर्सले विराटनगर किङ्गसलाई ६१ रनले पराजित गरेको हो । जितपछि रुपन्देही च्यालेन्जर्स अङ्क तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।

सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा १३२ रन बनायो । उसका लागि अन्तिम थापाले ४५, कृष्ण कार्कीले २२, पुष्प थापा १७ र हरिशङ्कर शाहले १४ रन बनाए ।

बलिङतर्फ विराटनगरका लागि सुशील कँडेलले दुई विकेट, पवन सर्राफ, किशोर महतो, सन्दिप लामिछाने र कप्तान शरद भेषवाकरले एक÷एक विकेट लिए ।

१३३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर किङ्गसले १८ दशमलव एक बलमा सवै विकेट गुमाउँदै ७१ रन बनायो । रुपन्देही च्यालेन्जर्सका साहव आलमले चार ओभरमा १९ रन दिँदै चार विकेट लिए । यस्तै दिपेश श्रेष्ठ र कृष्ण कार्कीले तीन÷तीन विकेट लिए ।

अर्को खेलमा कञ्चनपुर आइकोनिक विजयी भएको छ । कञ्चनपुर आइकोनिकले सिवाइसी अत्तरियालाई छ विकेटले हरायो । पहिले ब्याटिङ गरेको सिवाइसी अत्तरियाले कञ्चनपुर आइकोनिक सामु ८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उसका लागि प्रदीप ऐरीले १९ र ज्ञानेन्द्र कुँवरले १५ रन बनाए । कञ्चनपुरका लागि अभिनाश कर्ण र सुनिल धमलाले समान तीन–तीन विकेट लिए ।

सिवाइसीले दिएको लक्ष्य कञ्चनपुर आइकोनिकले १० ओभरमा चार विकेट गुमाएर पुरा ग¥यो । आइकोनिकका लागि विनोद भण्डारीले १६, सागर पुनले २२, सुनिल धमला २८ र हसिम अन्सारीले २२ रन बनाए । सिवाइसीका लागि विनोद लामाले दुई र ज्ञानेन्द्र कुँवरले एक विकेट लिए ।

प्रतियोगिताअन्तर्गतको लिग चरणको अन्तिम खेलमा सोमबार धनगढी चौराहा र रुपन्देही च्यालेन्र्सबीच खेल हुने छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ३ सय

काठमाडौं । डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीको

काठमाडौं । आम निर्वाचनको मिति घोषणा भएसँगै पाँच दलीय सत्ता गठबन्धनका नेताहरु तालमेलको गृहकार्यमा