Logo
२८ श्रावण २०७९, शनिबार
     Sat Aug 13 2022
E-paper
  English Edition
   Unicode
Logo

आईपिएलमा मुम्बईको शानदार जित



khel४ बैशाख, काठमाडौं । इन्डियन प्रीमियर लिग आईपिएलमा मुम्बई इन्डियन्सले गुजरात लायन्समाथी ६ विकेट्को शान्दार जित हात पारेको छ । गुजरातले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रमम जोस बट्लर र नितेश राणाले दोस्रो विकेटका लागि ८५ रनको साझेदारी गरेपछि घरेलु टोली सुदृढ बनेको थियो । त्यसपछि क्रीजमा आएका रोहित शर्माले कप्तानी इनिङ खेले । उनले किरोन पोलार्डसँग मिलेर चौथो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए ।
रोहितले १ छक्का र ३ चौकाको सहयोगले २९ बलमा ४० रन बनाउदै मुम्बईको विजयलाई ३ बल खेल्न बाँकी रहँदा सुनिश्चित पारे । उनले हार्दिक पाण्डेसँग मिलेर १७ रनको अविजित साझेदारी गरेका थिए ।
यसअघि पालार्डले पनि ३ छक्का र २ चौकाको सहयोगले २३ बलमा ३९ रन बनाए । राणाले २ छक्का र ४ चौकाको सहयोगले ३६ बलमा ५३ रन बनाए । मुम्बईले ४ विकेटको क्षतिमा १९ दशमलव ३ ओभरमा विजयी लक्ष्य पुरा गरेको थियो । गुजरातका एन्ड्रयु टाइले २ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गर्न आएको गुजरातले १ सय ७६ रनको मध्यम पारी खेलेको थियो । ब्रान्डम म्याकुलमले गुजरातका लागि सर्वाधिक ६४ रन बनाएका थिए । दिनेश कार्तिकले २६ बलमा ४८ रन बनाए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको