back

बसन्त नेपालको भुमरी उपन्यास बजारमा

वि.सं.२०७४ वैशाख ४ सोमवार

837 

shares

basanta-nepal-bhumari

साहित्यकार तथा पत्रकार बसन्त नेपालको नयाँ मौलीक सामाजीक उपन्यास भुमरी बजारमा आएको छ । नेपालको उल्कापात पछिको यो दोस्रो उपन्यास हो । भुमरीलाई शिखा बुक्सले बजारमा ल्याएको हो । काभ्रे मण्डन देउपुर निवासी नेपालले भुमरी उपन्यासमा नेपालको बिनासकारी भुकम्प र यसले छिन्नभिन्न पारेको टहराबासी नेपालीहरुको जीवनशैलीलाई यथार्त र कलात्मक रुपमा छर्लङ्ग पारेका छन ।

काभ्रे, सिन्धुपालन्चोक, धार्दिङ्ग आदि भुकम्पले प्रभावित स्थानहरुको स्थलगत भ्रमण गरी तयार पारीएको उपन्यास सरल भाषामा लेखिएको छ । हरेक पन्नाहरुमा पाठकहरु तानिई कौतुहलता पैदा गरीदिन्छ यस उपन्यासले । भुकम्प पिडीतहरुले आफ्ना घर भत्किए पछि भोग्नु परेको पिडा उपन्यासमा पोखिएको छ । त्यसैगरी बैदेशिक रोजगारले समाजमा ल्याएको बिकृति बिसंगती र खाडीमा नेपालीहरुले भोग्नु परेका पिडालाई कान्छि पात्र मार्फत नेपालले यथार्थता झल्काएका छन ।

जनयुद्धकालमा आफ्नो पितालाई युद्धकारीहरुले हत्या गरे पछि टुहुरी बनेकी कान्छि अन्तत गास बास र कपासको लागी खाडी मुलुक ओमान फिर्छिन र अनेकौ दुख यातना भोगी जन्मभुमी फिर्छिन अन्तत लेखककी प्रेमिका कान्छि क्यासरको शिकार हुन्छिन । जसले गर्दा प्रेम बियोगान्त बनिदिन्छ । द्धन्दकालमा बिधवा बनेका सयौँ आमाहरुको आँसु उपन्यासको पन्नाहरुमा पोखिएको छ भने लेखक र कान्छिको प्रेमलाई कलात्मक पारामा प्रस्तुत गरीएको छ ।

बैदेशिक रोजगार, महामारी भुकम्प र प्रेमलाई चिराफारा गरीएको यो उपन्यास अहिलेको रोचक र पठनिय रहेको शिखाबुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौड्यालले बताए ।

वि.सं.२०७४ वैशाख ४ सोमवार ०४:०३ मा प्रकाशित

Himalayan Life AD
आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौँ । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन...

साँगा-धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

साँगा-धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रे । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु...

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी...

दार्चुलामा भूकम्प

दार्चुलामा भूकम्प

दशरथचन्द(बैतडी) । दार्चुलामा भूकम्प भएको छ । उक्त जिल्लाको घुसा...

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।...

तिला जलविद्युत् आयोजना : ३८ दशमलव ०७ बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

तिला जलविद्युत् आयोजना : ३८ दशमलव ०७ बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा...