
४ बैशाख । ५ दिने भारत भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत अपमान गरेको चर्चा नेपाली जनतामा टिप्पणीको विषय बनेको छ । राजकीय भ्रमणमा निस्किएकी राष्ट्रपति विद्यादेवी भण्डारीको टिमलाई स्वागत गर्न राज्यमन्त्री पठाएर अपमान गरेको अनुभूति नेपाली जनताले गरेका हुन् । नयाँ दिल्लीको इन्दिरागान्धि अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीलाई महिला तथा बालबिकास राज्यमन्त्री कृष्णा राजले स्वागत गरेकी थिइन् ।
समकक्षी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निम्तोमा भ्रमणमा भारत पुगेकी राष्ट्रपति भण्डारीको स्वागतमा राज्यमन्त्रीस्तरको व्यक्ति पठाउनु भारतको नेपालमाथिको हेपाह प्रवृत्ति भएको टिप्पणी गरिएको छ ।
समकक्षीलाई समकक्षीले नै स्वागत गर्ने अन्तर्राष्ट्रिय चलन छ । जबकी केही महिनाअघि नेपाल भ्रमण आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई लिन राष्ट्रपति भण्डारी आफै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन ।
भारत भ्रमण निस्कने क्रममा राष्टज्ञपति विद्यादेवि भण्डारीलाई एयरपोर्टमा बिदाई गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल
फितलो निर्णय
यसैबीच सरकारले राष्ट्रपति भण्डारी भारत भ्रमण सकि फर्किने दिन पनि घोषणा गरेको सार्वजनिक विदा कटौती गरेको छ । जनसमुदायबाट विरोधको चर्को स्वर आएपछि सरकारले शुक्रबारको सार्वजनिक बिदा दिने घोषणा फिर्ता लिएको हो ।
राष्ट्रप्रमुखको राजकीय भ्रमणका बेला दिइने सार्वजनिक विदालाई निरन्तरता दिँदै राष्ट्रपतिको भारत भ्रमणमा जाने दिन आज(सोमबार) र फर्कने दिन शुक्रबार पनि सार्वजनिक बिदा घोषणा गरेको थियो ।
हाम्रो सरकारका कामहरु कति फितलो छ भन्ने कुरा त शुक्रबारको बिदा फिर्ता लिएबाट नै स्पष्ट हुन्छ । राष्ट्रपतिको भारत भ्रमणका बेला र फर्कने बेला दिइएको बिदाको घोषणा राष्ट्रका लागि अनावश्यक घाटा हुने काम मात्र थियो । तर बिना सुझबुझ घोषणा गर्ने अनि फिर्ता पनि लिइ हाल्ने निर्णयले सरकारको अस्थिरता देखिन्छ ।
हामी मिडियाकर्मीले सोच्ने की !
कोही विदेशीको नेपाल भ्रमण छ भने हामी मिडियाकर्मी एकमहिना अघि देखि भँगेरे टाउके अक्षरमा फलोअप गरिरहन्छौँ । राजनीतिक विश्लेषकहरु पनि यसैमा टाउको खियाउने गर्दछौँ, तर हाम्रो देशको राष्ट्रपति राजकीय भ्रमणमा दिल्ली पुग्दा पनि नेपाल बारे समाचार बनाइएको पाइँदैन । अब हामी मिडियाकर्मीहरुले कोही आउँदै छ भनेर फलोअप गरिरहनु भन्दा विदेश भ्रमणमा निस्कने हाम्रा नेताहरुलाई एजेण्डाका बारेमा गृहकार्य गराएर पठाउन सकियो भने देशलाई घाटा पुग्ने गरी बुझ्दै नबुझि सहि धस्काएर आउनु पदैनथ्यो की !
हेर्नुहोस् तल तस्विर भारतको राष्ट्रपति आउँदा त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागत