back
CTIZAN AD

मेयर साम्पाङले ‘गफाडी’ भनेपछि मन्त्री किराँतीले दिए यस्तो जवाफ

वि.सं.२०८० असार ७ बिहीवार

696 

shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले आफैले बोलेको कुरा पूरा नगरेको आरोप लगाएका छन् ।

मेयर साम्पाङले मन्त्री किराँतीले ‘श्रम सस्कृति पद मार्ग’ निर्माणको बाचा गरे पनि आफैले बोलेको कुरा पूरा नगरेको भन्दै गफाडीको आरोप लगाएपछि मन्त्री किरातीले त्यसको जवाफ फर्काएका छन् ।

सामाजिक संजालमा लेख्दै मेयर साम्पाङले लेखेका छन्–सुदन किराती पनि गफाडी रैछन ! श्रम संस्कृति पद मार्ग निर्माणको बाचा गरेका थिए । पुर्याएनन् । बोलेको कुरा पूरा गर्नु हैं । बिरुवा रोप्न चाँहि आउँदा हुन्छ ।’

हर्कले सामाजिक संजालमा यस्तो लेखेपछि मन्त्री किरातीले पनि सामाजिक संजालमार्फत् नै जवाफ दिएका छन् । उनले मेयर साम्पाङलाई सम्बोधन गर्दै फुस्रेबाट साँगुरी भन्ज्याङ्ग भेडेटार पदमार्ग निर्माणको लागि रू– ५० लाख विनियोजन भएको जानकारी समेत गराएका छन् ।

‘मेयर साब नमस्कार !
फुस्रेबाट साँगुरी भन्ज्याङ्ग भेडेटार पदमार्ग निर्माणको लागि रू– ५० लाख विनियोजन भएको जानकारी गराउँदछु । हुनत हामीले एक करोड पचास लाखको प्रस्ताव गरी अर्थ मन्त्रालय पठाएका थियौ । सायद बजेट अभावको कारण त्यस्तै हुन गयो होला । अझ मलाई त यो पदमार्गको नाम तराई मधेश एकता पदमार्ग राख्न मन थियो किनकी पूर्खाले जीवनको लागि नुन तेल ढाकर बोक्दा पसिना बगाएका थिए ।’

वि.सं.२०८० असार ७ बिहीवार १२:३३ मा प्रकाशित

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...