उदयपुर प्रवासी सेवा समाज दोहा कतारले रमाइलो बनभोजको कार्यक्रम सम्पन्न गर्दै समितिको रिक्त स्थानमा पदपूर्ति समेत गरेको छ ।बनभोज कार्यक्रम नव बर्ष २०७४ सालको उपलक्ष्यमा शुभ कामना आदानप्रदान गर्दै रमाईलो सांगीतिक प्रस्तुति समेत रहेको थियो ।
ऐतिहासिक सम्पदा शान्त सुन्दर “हामी सबै मिली बनाऊँ उदयपुर” भन्ने मूल मन्त्र रहेको समाजले स्थापना देखि अहिले सम्म विभिन्न सामाजिक गतिविधिहरुमा सम्लग्न हुदै आएको छ । प्रवास तथा जिल्लामा भैपरी आउने गतिविधिहरुमा सधै सहकार्य गर्दै आएको समाजले कतारका स्थापित संघसस्थाहरुसंग पनि सुमधुर सम्वन्ध कायम गरेको छ ।
गत शुक्रबारका दिन समालको पब्लिक गार्डेनमा सम्पन्न बनभोज कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष गोपीकृष्ण अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । प्रमुख अतिथिमा गैरआवसीय नेपाली संघ राष्ट्रीय समन्वय परिषदका अध्यक्ष बिनेश तामांग रहेका थिए िबिभिन्न संघसस्थाहरुका प्रतिनिधीहरुको पत्रकार, मातृ सस्थाहरुका प्रतिनिधिहरुलाई आसन ग्रहण ग्रहण गराइएको थियो ।
गत अगस्तमा भएको अधिवेशनले चुनेको पदाधिकारीहरुको कार्य व्यस्तता र केहि पदाधिकारीहरु कतारलाई बिटमारेर नेपाल गएको हुदाँ बनभोजको अवसरमा रिक्त रहेको संस्थाको पदहरु पूर्ति गरि कार्यसमिति पुनर्गठन समेत गरेको हो । सस्थाले पूर्णता दिएको पदहरुमा गोपीकृष्ण अधिकारी अध्यक्षता १७ सदस्सीय कार्यसमिति पुनर्गठन गरेको छ। प्रथम उपाध्यक्षमा भक्त कटुवाल, दितीय उपाध्यक्षमा बाबू राम पौडेल, महासचिव मिलन राई, सहसचिव अमित मगर, कोषाध्यक्ष गोविन्द तिमल्सिना, सहकोषाध्यक्ष लोकेन्द्र कार्की रहेका छन् ।सदस्यहरुमा लिल खड्का ( हरी), दिनेश कार्की, कल्पना राई, नेत्र भण्डारी, सर्मिला कार्की, मोहन कोइमी राई, दमन बुढाथोकी, धुर्ब सुबेडि, नारायण कार्की, र नरेन्द्र चौलागाई सर्वसम्मत चयन गरिएको छ।